आज जिल्लाका सबै शैक्षिक संस्था बन्दको आह्वान: तत्काल रिहा नगरे थप संघर्ष घोषणा हुने।

चितवन/ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङठन अखिल (क्रान्तिकारी) चितवन जिल्लाले
आज(माघ१५)जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ।
आफ्ना सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’लाई फरक आस्था र विचारकै आधारमा ओली सरकारले गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै अखिल (क्रान्तिकारी) चितवनले आज माघ १५ गते एक दिनको लागी जिल्ला भरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो।
अखिल (क्रान्तिकारी) चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले आज एक विज्ञप्ती जारी गर्दै नेता श्रेष्ठलाई प्रहरीले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै उक्त घटनाप्रति घोर निन्दा र भर्त्सना गर्दै तत्काल रिहाईको माग गरेका हुन्।

जारी विज्ञप्तीमा भनिएको छ “अखिल (क्रान्तिकारि)का चितवन जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ सम्राटलाई माघ ९ गते सप्तगण्डकी बहुमुखि क्याम्पसबाट गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको छ। फरक आस्था र विचार राखेको भरमा गिरफ्तार हुनुपर्ने यो केपि-बादल कम्पनिको घोर निन्दा र भर्त्सना गर्दछ।”

sahid diwas