Breaking News

सेभ द माइन्डद्वारा सिद्धि छात्रावासमा खाद्यान्न सहयोग।


चितवन/सामाजिक क्षेत्रमा क्रियाशिल संस्था सेभ द माइन्ड नेपालले सिद्धि छात्रावासमा खाद्यान्न सहयोग गरेको छ । सेभ द माइन्ड नेपालका बोर्ड मेम्बरहरुले कालीका नगरपालिका-१० सिद्धि स्थित सुनौलो किरणद्वारा सञ्चालित छात्रावासमा खाद्यान्न सहयोग सङै दशै विशेष कार्यक्रम समेत गरेको हो।
सेभ द माइन्ड चितवनकी अध्यक्ष पुजा भुषाल, स्टेप नेपालका अध्यक्ष होम विलास सापकोटा, सेभ द माइन्ड नेपालकी सचिव सुनिता खड्का र सेभ द माइन्डको बोर्ड मेम्बर रिता के.सि पाठकको सयुंक्त लगानीमा १५ हजार बराबर को खाद्यान्न सहयोग गरेको अध्यक्ष भुषालले जानकारी दिइन् । उनले उक्त छात्रावासमा खाद्यान्नको अभाव भएको खबर पाएपछि ४ जनाको लगानीमा खाद्यान्न सहयोग गर्नुको साथै छात्रावासको बालबालिका सङ दशै विशेष कार्यक्रम गरि रमाइलो समेत गरेको बताइन्।
कार्यक्रममा होस्टेल सन्चालक भरत चेपाङले आर्थिक अभावको कारण कसैले शिक्षा पाउनबाट बन्चित हुन नपरोस भन्ने हेतुले आफू नेपाल फर्किएर समाज सेवाको बाटोमा लागेको बताए । कलिलै उमेरमा बैदेशिक रोजगारका लागि बिदेसिएका चेपाङ्ले बाल्यकालमा आफ्नो जस्तो अवस्था अरूको नहोस् भनेर होस्टेल सञ्चालन गरेको बताए। खाधान्नको अभाव भएको आवस्थामा खादान्नका साथै नानीबाबुहरुलाई दशै विशेष खानाखुवाउने कार्यक्रमले आफुलाई थप हौसलाका साथै खुसी मिलेको बताए । साथै यस्तै मनकारी मनहरुसङ सहयोग को अपिल समेत गरेका छन ।

sahid diwas