राजनीतिक नेतृत्वको चेतना
विश्वविख्यात सनातन हिन्दु धर्म ग्रन्थ भागवद्गीताले सामान्य मनुष्य र अवतारबीचको भेद औल्याउँदै भनेको छ– ब्रह्मले आफ्नो अलौकिक शक्तिको माध्यमबाट मानव शरीरका रूपमा यस धरामा जन्म लिन्छ। जन्म र मरणको स्वामी भएर पनि हरेक युगमा सत्य र न्यायको जगेर्ना गर्न एवं अधर्मी दुष्टहरूको नाश गर्न संसारका निम्ति मानव शरीरमा अवतरित हुन्छ। यसैलाई अवतार मानिन्छ।
भौतिकरूपमा सामान्य मानिस र अवतारमा भेद देखिँदैन तर वास्तवमा गहिरो भेद हुन्छ। सामान्य मानिस मायाको अधीनमा रही काम, क्रोध, लोभ, मोहको बाहुपासमा कैद भएर सम्पूर्ण जीवन व्यतीत गर्छ भने अवतार भने मायाको पर्खाल तोडेर सम्पूर्ण मानवताको कल्याणका निमित्त समर्पित रहन्छ र आफ्नो अवतरणको औचित्य सिद्ध गर्छ। थोरै अन्तस्करण खुलेको व्यक्ति पनि सामान्य व्यक्ति भन्दा माथि हुन्छ।
माथिको प्रसंग किन उद्धृत गरिएको हो भने भर्खरै मात्र जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिए। उनी जापानमा चारपटक र लामो समय प्रधानमन्त्री हुने नेतामा पर्छन्। लिबरल डेमोक्रेटिक पार्टीमा सन् २०१२ देखि अध्यक्ष रहेका आबेले राजीनामा दिनुअघिसम्म यस कुराको कसैलाई सुइँकोसम्म थिएन। महत्वपूर्ण कुरा त के छ भने उनी अस्वस्थ रहेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदैछन् भन्ने कुनै प्रचार वा पूर्वसूचनासमेत थिएन। जापानको क्याबिनेट मुख्य सचिवबाट सन् २००६ मा प्रधानमन्त्री बनेका आबेको राजीनामाले विश्व राजनीतिलाई नैं एउटा गहन शिक्षा दिएको छ। त्यो के भने आफूले आत्मविश्वासपूर्वक पदअनुरूप उपयुक्त, सही र राम्रो काम गर्न सक्दिन भन्ने महसुस गर्नेबित्तिकै सार्वजनिक पद धारण गरेका व्यक्तिले राजीनामा दिँदारहेछन्। शायद यसैलाई लोकतन्त्रको संस्थागत विकास भइसकेको मुलुकमा विद्यमान त्यहाँको उच्च राजनीतिक संस्कार र नैतिकता भनिन्छ। साथै असल राजनीतिको निष्ठापूर्ण अभ्यास मानिन्छ।
राजनीतिमा लाग्नु र सामान्य भूमिका निर्वाह गर्नु कुनै पनि व्यक्तिले आफ्नो घर परिवार चलाउनु भन्दा अलिकति बढी मात्र हो। तर समाजले भोगेका जातीय, आर्थिक, धार्मिक, साम्प्रदायिक जस्ता बहुआयामिक समस्यालाई राजनीतिको माध्यमबाट दीर्घकालीन समाधान दिन सक्नु, स्वतन्त्रताको प्राप्ति र दासता एवं निरंकुशताबाट मुक्ति जस्ता भूमिका औसत काम होइन। यो काम जोसुकैले गर्न पनि सक्दैन। यस्तो काम गर्न सक्ने मानिस सामान्य मानिस पनि होइन। यस्तै मानिसलाई आममानिसले आफ्नो अगुवा बनाउँछन्, नेता स्वीकार्छन्। यसरी स्वीकारिएका नेता समाजका लागि उदाहरणीय हुन्छन्। उनीहरूले गल्ती गर्दैनन् भन्ने जनविश्वास हुन्छ। यिनीहरूको अन्तस्करण खुलेको हुन्छ। जीवनको तात्पर्य बुझेका हुन्छन्। आफ्नो पिरमर्कालाई गौण ठान्छन् र समाजको संकटका मोचक बन्छन्। अझ गरिब र पछौटे समाजमा त उनीहरूको भूमिका अग्रणी र निर्णायक हुन्छ। यस्तो समाजमा त उनीहरू अर्थात् राजनीतिज्ञहरूले जिउँदो भगवानको दर्जासमेत पाउँछन्। आफ्नो सुखलाई तिलाञ्जली दिएर आममानिसको जीवन सुधार्न लाग्नु र दिनरात त्यसैमा समर्पित रहनु यिनीहरूको आदर्श, संकल्प, दिनचर्या र पहिचान बन्छ।
धर्मग्रन्थ निकै पढेका हाम्रा प्रधानमन्त्रीमा सरलता र विनम्रता पटक्कै नपाइनु उदेकलाग्दो कुरा छ।
सिन्जो आबे हुन् या अरबिन्द केजरीवाल वा केपी शर्मा ओली या शेरबहादुर देउवा, सबैको केन्द्रविन्दु नागरिक हुनुपर्छ। सिन्जोले आफू अब प्रधानमन्त्रीका रूपमा काम गर्न असमर्थ रहेको स्वीकारोक्तिसहित राजीनामा दिनु राजनीतिक इमानको दृष्टान्त हो। केजरीवाल दिल्लीमा मरिमेटेर काम गरिरहेका छन्। केन्द्र सरकारको असहयोगका बाबजुद दिल्लीका दुई करोड जनतालाई खुसी पार्ने भरमग्दुर कोसिस गरिरहेका छन् तर नेपालका प्रधानमन्त्री के गर्दैछन् त रु प्रमुख प्रतिपक्षी नेताको भूमिका कस्तो छ रु आज गम्भीर प्रश्न उठेको छ। पुग नपुग तीन करोड जनताको के हविगत छ रु गरिब कसरी बाँचेका छन्, प्रधानमन्त्रीलाई थाहा छ रु पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वक्तव्य सुनेका छन् कि छैनन् हाम्रा प्रधानमन्त्रीले रु लकडाउन र निषेधाज्ञाका कारण जनजीवन अस्तव्यस्त छ। गरिबका घरको चुलो निभेको छ। धनी देशहरूले जस्तो हामीले गरिब नेपालीलाई राहत दिन सकेका छैनौँ र सक्दैनौँ पनि। तर श्रम गरिखाने गरिब नेपालीलाई सरकारले भोकभोकै मर्न छाडिदिएको छ। मृत्युपछि कोरानाको अवगाल जोडिदिए पुगिहाल्छ। उनीहरूका लागि न्यूनतम र यथोचित राहतसमेत उपलब्ध गराउने तदारुकता देखाएको छैन। यो राज्यको संवेदनहीनताको पराकाष्ठा हो। विपक्षी दलसँग रेडिमेड वक्तब्य छँदैछ।
साँच्चै भन्ने हो भने यतिबेला नेपालीहरू आफ्ना प्रधानमन्त्रीको रबैया देखेर अवाक् छन्। मजदूर लाई राहत छैन, किसानले मल बीउ पाएका छैनन्, साना व्यापारी र व्यवसायीको समेत चुलो बन्द हुने क्रममा छ, लकडाउन र सटडाउनलगायतका कारण जनजीवन अस्तव्यस्त छ। विभिन्न किसिमका रोगले थलिएका व्यक्ति सामान्य उपचारसमेत नपाएर मृत्युको सिकार हुन थालेका छन्। विदेशबाट फर्किएका नेपालीको गरिखाने बाटो छैन, यसकै कारण परिवारमा तनाव र बिग्रह बढ्दै गएको छ। आत्महत्याको अनुपात ह्वात्तै बढेको छ। ठूला उद्योगमा मन्दी छ। शिक्षा क्षेत्र तहसनहस छ। भविष्यका कर्णधार भनिएका विद्यार्थीको अवस्था तनावग्रस्त छ। यस्तो समयमा राज्य के गर्दैछ, सरकारले जनतालाई गर्ने व्यवहार कस्तो छ र स्वयं प्रधानमन्त्री के गर्दैछन् रु यसै विषयमा संक्षिप्त चर्चा गरौँ।
हाम्रा प्रधानमन्त्री पूर्णरूपमा स्वस्थ छैनन् भन्ने कुरा जगजाहेर छ र यो कुरा स्वयं प्रधानमन्त्रीलाई सबभन्दा राम्रो अवगत छ। विकसित देशको प्रधानमन्त्रीका चुनौती र गरिब देशका प्रधानमन्त्रीका चुनौती समान हँुदैनन्। धनी देशले आफ्नो समृद्धिलाई जोगाउन सके पुग्छ तर गरिब देशले त समृद्धि हासिल गर्न दिन रात मेहनत गर्न बाँकी नै हुन्छ। गरिब देशका लागि समयको असाध्यै महत्व हुन्छ र हुनु पनि पर्छ। धनी देशले भन्दा बढी मेहनत गर्नुपर्ने आवश्यकता हुन्छ। बढी मेहनत गर्नुको अर्थ प्रधानमन्त्री स्वयंले बौद्धिक र शारीरिक श्रमसमेत गर्नुपर्छ। शारीरिक श्रम भन्नाले निकै दौडधुप गर्नुपर्छ। ससानो कुरामा स्वयंले ध्यान पु¥याउनुपर्छ र कम्तीमा आफू मितव्ययी भएर सरकारलाई समेत मितव्ययिता सिकाउनुपर्छ। बिहान चार बजे बिउँझेर दश बजेसम्म खट्नुपर्छ। मन्त्रालयहरूको नियमित निरीक्षण, छड्के जाँच र कामको अनुगमन गर्नुपर्छ। राज्यका सम्पूर्ण अंग÷प्रत्यंगको अनुगमन गरिरहनुपर्छ। समय÷समयमा देश दौडाहा गर्नुपर्छ र पिरमर्कामा परेका नागरिकको दुःख कष्ट नजिकैबाट नियाल्नुपर्छ।
दिनररात अहंकारको वर्षा गर्ने नेपालका प्रधानमन्त्रीको राजनीतिक चेतना भेनेजुएलाका निकोलस मडुरो र लाओसका राष्ट्रपति बाउनहान भोराचिथको सरह हुनु नेपालीको दुर्भाग्य हो।
बेलाबेलामा विश्वविद्यालय तथा अन्य शिक्षण संस्था भ्रमण गरेर शिक्षकलाई प्रोत्साहन गर्नुपर्छ र विद्यार्थीलाई प्रेरित गर्नुपर्छ। कहिलेकाहीँ नगरका व्यस्त चोकमा ओर्लिएर नागरिक जीवन अवलोकन गर्नुपर्छ। सधैँभरि उच्चपदस्थ कर्मचारी मात्र होइन, कहिलेकाहीँ तल्लो तहका कर्मचारीलाई पनि भेटेर सरकारी कार्यालयको यथार्थ थाहा पाउनुपर्छ। विमानस्थल र बस पार्क भ्रमण गरेर त्यहाँको वस्तुस्थिति बुझ्नुपर्छ। कहिलेकाहीँ भन्सार, कर अड्डाहरू र कहिलेकाहीँ अस्पताल पुग्नुपर्छ।
नेपाल जस्ता गरिब देशको प्रधानमन्त्रीले देश चलाउँदा एउटा न्यून आय भएको व्यक्तिले घर चलाउँदा होस पु¥याए जस्तै सचेत हुनुपर्छ। विकास निर्माण कार्यको अवलोकन र शान्ति सुरक्षाको मामलामा गम्भीर र संवेदनशील हुनुपर्छ। आफ्नो देशको सिमाना निरीक्षण गरिरहनुपर्छ। देशको सीमा भनेको शरीरको अंग जस्तै हो। यसका अतिरिक्त गरिब देशको प्रधानमन्त्री ठालु र अहंकारी पटक्कै हुनुहँुदैन। धर्मग्रन्थ निकै पढ्नुभएका हाम्रा प्रधानमन्त्रीमा सरलता र विनम्रता पटक्कै नपाइनु उदेकलाग्दो कुरा छ। प्रतिपक्षी नेताले आफ्नो पार्टीभित्र प्रदर्शन गरेको अहंकारसमेत निकै ऐतिहासिक छ।
के हाम्रा प्रधानमन्त्री यी सबै काम गर्छन् त रु वा प्रधानमन्त्रीको स्वास्थ्यले यति काम गर्ने अनुमति दिन्छ रु हामी सबैलाई थाहा छ, नेपालका प्रधानमन्त्री मुस्किलले कहिलेकाहीँ बालुवाटारबाट सिंहदरबार जान्छन् अन्यथा निजी निवासमा टहलिइरहन्छन्। त्यहाँभित्रका रुटिन कार्यहरूमा सरिक हुन्छन्। यदाकदा टिभी र रेडियोमा बोल्छन् र जनतालाई भरमार उपदेश दिन्छन्। र, छानिएका मान्छेलाई भेट्छन्। भेट्न आउने रोज्जा मान्छेलाई पनि पढाउँछन्।
यसका अलावा थप कार्यबोझ प्रधानमन्त्रीको बुता भन्दा बाहिर छ। यसको मतलव नेपालको अवस्था र आवश्यकताअनुसार प्रधानमन्त्री सक्रिय हुन सक्दैनन्। यो कुरा उनलाई थाहा छ कि छैन त रु राम्रोसँग थाहा छ। उनलाई मात्र होइन, उनको पार्टीलाई पनि राम्रोसँग थाहा छ। थाहा भएर पनि न प्रधानमन्त्री बदलिन्छन्, दिनचर्या र कार्यसूची बदलिने त चान्स नै छैन किनभने उनी औसत मान्छे हुन्।
सामान्य जस्तो लाग्ने यी कुराको चर्चा किन गरिएको हो भने त्यसो भए हाम्रा प्रधानमन्त्री पद त्याग किन गर्दैनन् त रु र जापानी प्रधानमन्त्रीले किन पद त्यागे रु जापानलाई त मेहनती जापानीहरूले उहिल्यै बनाइसकेका हुन्। त्यहाँ जनताको न्यूनतम र आधारभूत आवश्यकता पूरा गर्न दिन÷रात मेहनत गर्नु त छैन। आफ्नो उपचार गराउँदै चूपचाप प्रधानमन्त्री भइराख्दा के फरक पथ्र्यो। यसको एउटै कारण हो– सिन्जो आबे अन्तस्करण खुलेका, जीवनको तात्पर्य बुझेका र राष्ट्रिय दायित्व बोध भएका असल राजनीतिज्ञ हुन्। उनी औसत मान्छे होइनन्।
नेपालका प्रधानमन्त्री मात्र होइन, अपवादलाई छाडेर अधिकांश राजनीतिज्ञ औसत मान्छे मात्रै हुन्। आफ्नो लामो जीवनलाई राजनीतिमा होम्नुबाहेक दूरदृष्टि, कार्यसूची र अठोट नभएका सामान्य मान्छे मात्र हुन्। उनीहरूको जीवनकालमा जनताको जीवनमा तात्विक फेरबदल नहुने हो भने गरिएको भनिएको राजनीतिक संघर्षको कुनै औचित्य रहँदैन। उनीहरू विभिन्न कालक्रमका घटनाहरूको शृंखलाबद्ध परिणामले नेता बनेछन् र दुःख पनि झेलेछन्। तर परिणाम खै त रु युएई, जापान, सिंगापुर, मलेसियाले बीस वर्षमामा गरेको उन्नति नेपालले तीस वर्षमा समेत गर्न सकेन किन रु निसंकोच भन्नुपर्छ, यसमा हाम्रो नेतृत्वको चेतना जिम्मेवार छ। र देशले आजको दुर्दशा झेल्नु प¥यो। विगत संघर्ष सबै निरर्थक भए। कम्युनिस्टहरू त सिद्धान्ततः सपनाका व्यापारी नै हुन्, उनीहरूका लागि राज्य उपयोगको साधन मात्र हो तर प्रजातन्त्रवादीहरू पनि बिग्रिए, धर्म छाडे। तसर्थ हामीले प्रस्ट थाहा पाउनुपर्छ, वर्तमान रवैयाले नेपालको अँध्यारो भविष्यलाई स्पष्टरूपमा इङ्गित गर्छ।
आफूलाई झण्डै झण्डै अवतार ठान्ने हाम्रा प्रधानमन्त्री र आफूलाई जनताको सेवक ठान्ने जापानी प्रधानमन्त्रीका बीच कुनै तुलना वा तादात्म्यता देखिँदैन। दिन÷रात अहंकारको वर्षा गर्ने नेपालका प्रधानमन्त्रीको राजनीतिक चेतना भेनेजुएलाको निकोलस मडुरो र लाओसका राष्ट्रपति बाउनहान भोराचिथको सरह हुनु नेपालीको दुर्भाग्य हो। नागरिक दैनिकबाट