राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चितवनका ३ नेताद्वारा आफूहरुलाई कारवाही नभएको स्पष्टिकरण

चितवन/राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चितवनका ३ जना नेताहरुले आफूहरु माथि कारवाही भएको भन्ने भनाई गलत भएको बताएका छन् । पार्टीका तत्कालिन वरिष्ठ उपाध्यक्ष एलिमा मिया, क्षेत्रीय अध्यक्ष हिरालाल थिङ र युवा संघ जिल्ला उपाध्यक्ष दिपक तमाङ (नवीन) ले  एक विज्ञप्ती जारी गरी पार्टीद्वारा गरिएको भनिएको कारवाही गैरकानुनी, पार्टीको विधान विपरीत र पार्टी जिल्ला कमिटीको निर्णय विपरीत भएको बताएका छन् ।
केन्द्रमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकिकरण भइसकेपनि जिल्लामा एकिकरण नभइसकेको अवस्थामा हाम्रो पार्टी राजपा नेपाल चितवनको बैठकले वरिष्ठ उपाध्यक्ष एलिमा मियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उनीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पार्टीको बहुमत जिल्ला कमिटी सदस्यहरु एलिमा मियाको पक्षमा रहेको र पार्टीले हामीलाई गरिएको भनिएको कारवाही गैरकानुनी, पार्टीको विधान विपरीत र जिल्ला कमिटीको निर्णय विपरीत रहेको विज्ञप्तीमा जनाइएको छ ।
तत्कालिन राजपा नेपाल चितवनका अध्यक्ष प्रेम कुमार श्रेष्ठले गरेको भनिएको कारवाही पार्टीको विधान तथा निर्णय विपरीत भएको भन्दै तत्कालिन अध्यक्ष श्रेष्ठ हाल पार्टी जिल्ला कमिटीको निर्णय अनुसार साधारण सदस्य मात्र रहेको सो विज्ञप्तीमा उल्लेख छ । तत्कालिन अध्यक्ष श्रेष्ठले गरेको कारवाही लागु नहुने समेत विज्ञप्तीमा जनाइएको छ । साथै पार्टी जिल्ला कमिटीको निर्णय अनुसार कार्यवाहक अध्यक्षमा एलिमा मियालाई चयन गरेको पार्टी केन्द्रीय कमिटीमा जानकारी गराइएको समेत सो विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको पूर्ण पाठ –
प्रेस विज्ञप्ती

यस राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट हामी सम्पूर्ण पार्टी नेता तथा कार्यकर्ताहरुलाई यसै प्रेस विज्ञप्ती मार्फत् हाम्रो भनाइ सार्वजनिक गर्न चाहन्छौँ ।
तत्कालिन समयमा हाम्रो राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकिकरण भएको सबैलाई अवगत गराउन चाहन्छौँ । पार्टी केन्द्रमा एकिकरण भइसके पनि जिल्लामा भने एकिकरण भइनसकेको सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अवगत नै छ ।
हाम्रो पार्टी राष्ट्रिय जनता पार्टी नेपाल चितवनले हामी जिल्ला वरिष्ठ उपाध्यक्ष एलिमा मिया, क्षेत्रीय अध्यक्ष हिरालाल थिङ र युवा संघका जिल्ला उपाध्यक्ष दिपक तमाङ (नवीन) लाई कारवाही गरेको भनी विज्ञप्ती प्रकाशित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
केन्द्रमा दुई पार्टी एकिकरण भइसकेपछि जिल्लामा एकिकरण नहुँदासम्म तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल चितवनको तर्फबाट कार्यसमितिको बैठकले वरिष्ठ उपाध्यक्ष एलिमा मियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको र बहुमत सदस्यहरु हाम्रो पक्षमा भएको अवगत गराउन चाहन्छु । जिल्लामा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएको केन्द्रमा समेत अवगत भइसकेको छ ।
तसर्थ तत्कालिन हाम्रो पार्टीका अध्यक्ष प्रेम कुमार श्रेष्ठले हामीलाई कारवाही गरेको भन्ने भनाइ सरासर झुठ भएको भन्दै श्रेष्ठ अहिले हाम्रो पार्टीको साधारण सदस्य मात्र रहेको जानकारी गराउँदछौँ ।

sahid diwas