सोच र चेतनाको तादात्मयता किन हुदैन ?

विज्ञानले विकासको गतिलाई अंगिकार गरेता पनि त्यसको मुलमन्त्र भने जीवनको
निरन्तरताले यसको पुष्टि गरेको हुन्छ । चल्ने र चलाउने गतिविधि भएता पनि वातावरणीय
प्रभाव भने प्राकृतिक नै हुन्छ । अनुकुलता खोज्ने प्रवृक्ति मानवीय मात्र नै सजिविय
नै हो । यहि अनुकुलतामा रम्नेको भीडले प्रकृतिलाई चुनौती दिने प्रयास भएता पनि
त्यो निरर्थक मात्र हो ।
सजिवताले आफनो भुमिका खोज्ने प्रयत्न समान्य नै हुन् । वाँच्ने अभिष्टमा
रम्नेहरु प्रकृतिको त्यो गुण अनुसार आफनो भुमिका देखाउने तल्लिन पाईन्छ ।
सृष्टिको निरन्तरतामा वग्नुपर्ने वाध्यताहरुमा जीवनलाई हेर्न नसक्दा शारिरिक तथा
मानसिक तनावमा व्यतित गर्नेहरुको भीड भने उल्लेख्य रहेको पाईन्छ ।
सोच र शैली जीवनका समान अर्थ दिने देखिएता पनि यसमा भिन्नता पाउन सकिन्छ
। सोच्नु र प्राप्ति गर्नेको वीचमा असमान तत्वहरु पाईन्छ । सोच्नु र सपना देख्नु सजिव
प्राणीको अधिकार भएता पनि त्यसको पर्याय कार्यन्वयनमा भर पर्दछ । यहि वीचको
वाटोमा आम व्यक्तिको जीवन चलिरहेको छ । यहि नै जीवनको साध्य हो । जहाँ
साधनको असिमितता रहेको पाईन्छ । सोच एकातर्फ र जीवनका पाटो अर्कोतर्फ
वगिरहेको जीवनमा सोच अनुरुपको कार्यशैलीमा किन समानता पाउन सकिदैन ? त्यो
जीवनको वहस वन्ने अवस्था सृजना भएको छ । सजिव प्राणीमा आउने जन्मजात गुण र
सोचको तादात्मता मेल खान्छ कि खादैन ? यदि मिल्दछ भने व्यक्तिले सोच अनुरुप
जीवन जीउन किन सफल हुदैन ? यो जीवनको अहं प्रश्न वनेको छ । मस्तिष्कको
त्यो सघनताले व्यक्तिको क्रियाकलापलाई किन वाध्न सक्दैन ? मस्तिष्क र सोचको
तादात्मयता किन समान वनाउन सकिदैन ? वंशाणुगत गुण भित्रको त्यो गुणले
सोचलाई किन वाध्न सक्दैन ? महत्वकाक्षीको त्यो पहाडलाई सोच र मस्तिष्कीय
प्रभावले आफनो वशमा किन राख्न सक्दैन ? जीवनको पलमा व्यक्तिको त्यो सोचको
विकास किन वंशाणुगतिय गुणमा निर्भर रहन सक्दैन ? सोचको त्यो विशाल घनिभुत
जंजालभित्र चेतनाको प्रकाश किन मधुरो रहने गर्दछ अथवा किन धुमिल वन्दछ ?
मानव जातिको जीवनको सधै तरलता उत्पन्न गर्ने तत्वहरुमा सोच र वंशाणुगत
गुण किन एकाकार हुन सक्दैन ? मानसिक रुपमा तनावको सिर्जना गर्ने तत्व मानव जातिले आफनो वशमा पार्न सोचको मात्र प्रयोगले कति अर्थ राख्ला ? यहि जीवनको सार
खोज्नेहरु भविश्यमा पनि चिन्तित होलान, कि नहोलान् ? आवश्यकताको त्यो चरम
आकांक्षा भित्र नियन्त्रणको जरुरी हामी कसरी वहन गर्देछौ ? यहि आवश्यतकताको
परिपुर्तिको त्यो वोझले किचिएको जीवनमा सोचको त्यो प्रभावले किन हस्तक्षेप गर्न
सक्दैन ? समाजिक प्राणी आफैमा असमाजिक भईरहदाँ त्यसले मानसिक जीवनमा
पारेको प्रभावको जिम्मा कसले लिने ?
प्राकृतिको मन्द चलायमान चलिरहेको छ । हामी त्यसमा वाँझो हाल्न प्रयत्नशिल
छौ । यहि प्रयत्नमा महत्वकांक्षाको पहाडले झन थिचिदिएको छ । अनि त्यहि असिमित
ईच्छा, आकांक्षाको पहाडलाई चिर्न भन्दा थप महत्वकांक्षा राखेर जीवनको परिभाषा
खोजिरहेका छौ । शान्त प्रकृतिको उपमालाई चिन्न भन्दा पनि चुनौतीमा अभ्यस्त
मानव जातिहरु आफुलाई मात्र हैन, प्रकृतिका अन्य सजिव प्राणीको समेत अधिकार
खोसिरहेका छौ ।
प्रकृतिको त्यो अनुपम सुन्दरतामा मानव जातिको त्यो सोच र आकांक्षाले अन्य सजिव
प्राणीको हक अधिकार लाई विस्थापन गर्न के न्यायसंगत हुन आँउछ ? असिमित
ईच्छा र चाहना नै जीवनको अर्थ खोज्नेहरु मानवीय मुल्य मान्यताका खिल्ली
उडाईरहेका छौ । सपना देख्दै गर्दा जीवनका मान्यतालाई भत्काउनु भनेको
कदापी राम्रो हुन सक्दैनौ । भौतिकवादमा रमाउनु नै जीवनको मुख्य अर्थ हो
भन्नेहरुको सोचले जीवनको भाव वुझन सकेनन । यहि विनाभावको अर्थमा व्यतित
गर्नेहरुको भीडले तमाम जीवनलाई गिज्जाईदियो ।
समयको गतिमा अवरोध गर्नु भनेको सहज जीवन वोझिलो वनाउनु शिवाय अन्य
केहि होईन रहेछ । मानवीय भन्दा भौतिकवादलाई जीवनको सम्पति ठान्नेहरु
जीवनको मुलभुत सिद्धान्तमा जवसम्म अडिन सक्दैनन तवसम्म नैराश्यता भन्दा अन्य
प्राप्त गर्न सकिदैन ।
वक्स १
सोच एकातर्फ र जीवनका पाटो अर्कोतर्फ वगिरहेको जीवनमा सोच अनुरुपको
कार्यशैलीमा किन समानता पाउन सकिदैन ? त्यो जीवनको वहस वन्ने अवस्था सृजना
भएको छ । सजिव प्राणीमा आउने जन्मजात गुण र सोचको तादात्मता मेल खान्छ कि