कोराना र लकडाउनशुरु भएदेखि असार मसान्तसम्म एक सय अनलाइन बन्द
कोरोनाका कारण लकडाउन शुरु भएदेखि असार मसान्तसम्मको अवधिमा कोरोना संक्रमण तथा कोरोना संक्रमितको मृत्युका विषयमा प्रकाशित–प्रसारित समाचारहरुको अनुगमन गरिरहेको सरकारी निकाय प्रेस काउन्सिल नेपालले एक सय दुई वटा अनलाई पोर्टल नेपालभित्र सञ्चालन हुन नसक्ने गरी बन्द गर्नुका साथै एक सय ५६ वटालाई स्पष्टीकरण माग्ने र सचेत गराउने काम ग¥यो । यसमध्ये तीन वटाले आगामी दिनमा यसो नगर्ने प्रतिबद्धता जनाएका कारण सुचारु गर्न पत्राचार गरिसकेको जनाएको छ ।
कोरोनाको प्रकोप उच्च रहेका समयमा कोरोना लाग्यो भनेर गलत समाचार दिए भनी १५ वटा उजुरी परेका छन् । उजुरी नपरे पनि स्वअनुगमनबाट देखिएका फरक विषयका कारण २१ वटा विद्युतिय संचार माध्यमलाई कारवाही अघिबढाएको छ । त्यसैगरी प्रधानमन्त्रीसँग सम्बन्धित स्वीस बैंकमा पैसा छ भनी समाचार प्रकाशित गर्ने १५ वटा अनलाइनलाई पनि स्पष्टिकरण सोधिएको छ । प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र नपर्ने यूट्युबहरुका बिषयमा पनि सम्बन्धीत निकायमा रिपोर्टिङ गरी बाग्लुङ टिभी लगायतका दुई वटा बन्द पनि भएका छन् ।
यस विषयमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी भन्नुहुन्छ, यतिबेला मिडिया संकटमा परेको छ । प्रेस काउन्सिलले पनि मिडियालाई बचाउने र उठाउने काममा ध्यान दिनुपर्छ, कारवाही हैन सूचना प्रवाहमा सहयोग गर्नुपर्छ ।
कोरोना संक्रमण, लकडाउन जस्ता जटिल अवस्थामा मिडियाको भूमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा बरिष्ठ पत्रकार रेग्मी भन्नुहुन्छः यसभन्दा पहिला कोरोना संक्रमणजस्तो विश्वमा नै एकैपटक महामारीका रुपमा अरु रोग फैलिएको थिएन । आमसंचारको माध्यमले जुन सूचना दिन खोजेको छ त्यो सही बाटोमा छ ।
बेला बेलामा मेडिकलको इथिक्स र सूचनाको प्रवाहमा तालमेल नमिल्दा कोहीबेला कोभिडले नमरेका मान्छेलाई पनि कोभिडले मरे भनियो । संक्रमितको नाम, ठेगाना सार्वजनिक गर्दा नेपाली समाजमा संक्रमितको नाम, थर, वडा मात्र नभै घर परिवार नै चिनियो । यसले गर्दा कोरोना लागेको भनेर भेदभावको स्थिति पनि निम्तियो । तर मिडियामा त्यो ख्यालनै नगरी समाचार सम्प्रेषण भैदिँदाको स्थिति हो ।
नेपालमा पहिलो कोरोना संक्रमितको बिषय निको भएर काममा फर्केपछि मात्र आम संचारका माध्यममा सकारात्मक रुपमा समाचार आयो । तर दोस्रो फ्रान्सबाट नेपाल फर्किएकी युवतीका बिषयमा सामाजिक संजालमा बढी चर्चा भए र आमसंचारका माध्यमले भने ब्यालेन्स गरेरर लेखे, पढे । यस्तो अवस्थामा समाजबाट भेदभावको स्थिति सृजना हुने हुनाले स्वास्थ्य, विज्ञान पत्रकारिताको इथिक्स पालना गर्नैपर्छ र पहिलो हुन खोज्नै हुँदैन ।
यस्ता बिषयमा प्रतिस्पर्धाको कुनै अर्थ हुँदैन । कोभिड १९ मा कोही पनि बलियो छैन र कोही पनि कमजोर छैन जस्लाई पनि कोरोना संक्रमण हुन या नहुन सक्छ । यो बेलामा मात्र हैन पहिला पहिला पनि यस्तो हुन्थ्यो र अहिले पनि छ । समाचार दिन खोजेको प्रबृत्तिलाई आलोचना गर्न मिल्दै मिल्दैन ।
अहिलेको अवस्थामा संचार संस्थानै समस्यामा छ, किनभने विज्ञापन कम छ । यस्तो अवस्थामा पनि कोभिड १९ को रिपोर्टिङ जसरी पनि गरौं भन्ने यो प्रबृत्तिले संचारलाई जोगाउँनुछ भन्ने देखाएको छ ।
यसैगरी वरिष्ठ पत्रकार पी खरेल पनि यतिबेला मिडियालाई जीवीत राखेर विनाभेदभाव पत्रकारिताको आचार संहिताभित्र समेटेर अघि बढाउनुपर्ने कुरामा जोड दिनुहुन्छ ।
उहाँ भन्नुहुन्छःः प्रेस काउन्सिलले कारवाही गरेको समाचार अनलाईनमा पढेको हो तर यति ठूलो संख्या कारवाहीमा परेको जानकारी थिएन । समाचार कुन अवस्थामा कुन स्रोत प्रयोग गरेर लिनुपरेको थियो भन्नेमा पनि भरपर्छ र विदेशमा यस्ता बिषयले निकै महत्व राख्छ । विदेशमा पनि मिडियाको मोनिटरिङ गर्ने निकाय हुन्छ र यस्ता बिषयलाई समेत केलाएर हेर्छन ।
नमरेको मान्छेलाई मर्यो, रोगनै नलागेकोलाई लाग्यो भन्दा व्यक्तिलाई पक्कै चोट पुग्छ । यस्तो अवस्थामा प्रेस काउन्सिलले अनुगमन र छानविन गर्दा ठूला, कुनै दल विशेष र साना मिडियामा भेदभाव गर्नुहुन्न । यसको अर्थ ठूला मिडियाले आचारसंहिताको पालना गरेका रहेछन् रु
गल्ती गर्ने सानो र ठूलो भन्ने हुनुहु्रन्न । काउन्सीलले ठीकै गरेको होला त्यस बिषयमा मैले भन्न सक्दिनँ । कारवाही गर्दा स्पष्टीकरण सोध्ने, लिने गरेकै होला रु यस्ता कुरालाई छानविन गर्ने निकायले हेर्नुपर्छ ।
यतिमात्र हैन कसैलाई कुन कुराले चोट पुग्छ कसैलाई कुन कुराले । पछि आफ्नै आफ्नै इनिसेटिभमा नगर्ला कुनै व्यक्तिगत कुरा पर्यो भने प्रेस काउन्सिलले इनिसेटिभ लिएर साध्य चल्दैन । तर कोरोना बाहेक नै अरु कुनै कुरा पर्यो भने यसलाई नजिर बनाएर मलाई त यस्तो भन्यो । कोरोनाको कारणले हैन , म नमरेको मान्छेलाई पनि मर्यो भन्यो काउन्सिलले तत्काल कारवाही गरेर मिडिया बन्द गर्न सक्छ कि सक्दैन रु यस बिषयमा प्रेस काउन्सिलले बिचार पुर्याउनुपर्छ ।
हालै मात्र एउटा स्थापित छापामाध्यममा पूर्व युवराज्ञी हिमानीको छोरीको व्वाईफ्रण्ड भनेर समाचार छापे । पुनस् त्यो होईन भनेका छन्, त्यो पुष्टि भयोकि भएन रु त्यस्ता बिषय पनि हेर्नुपर्छ । यस्ता विषयलाई समाचार बनाउने मिडियालाई कारवाही गर्ने कि नगर्ने रु हचुवाका भरमा लेन्ने अधिकार कसैलाई पनि छैन । पहिला एक रुपता हुनुपर्छ जिम्मेवारी बहन गर्ने निकायले काईते कुरा गर्नुहुन्न । नेपालसमाचारपत्र दैनिकबाट