पत्रकारलाई दूब्र्यवहार गर्ने ठेकेदारलाई कार्वाहीको माग

बारा/असार ३०/ बारामा समाचार लेखेकै आधारमा पत्रकारलाई दूब्र्यवहार गर्नेमाथि कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
बाराको सिमरामा रहेर पत्रकारितामा सक्रिय पत्रकार शारदा पोखरेल माथि दुर्व्यवहार गर्नेलाई अबिलम्ब कारवाहीको माग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको हो।

पत्रकार पोखरेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेखेकी थिइन् । समाचार लेखेको बिषयलाई लिएर श्रेष्ठ बिल्डर्सका सञ्चालक ठेकेदार लाल श्रेष्ठले पत्रकार पोख्रेललाई धम्क्याउँदै दुर्व्यवहार गरेका हुन्। जितपुर सिमरा उपमहानगरको राजस्व हिनामिना, ठेकदारको घाटगद्दी शिल गर्न प्रहरी परिचालन शीर्षकको समाचार लेखेपछि पत्रकार पोखरेललाई श्रेष्ठले नदिजन्य उत्खननको समाचार नलेख्न धम्की दिएका हुन्‌।

ठेकदार श्रेष्ठले माघ मसान्तभित्र बुझाउनुपर्ने नदिजन्य उत्खननको दोस्रो किस्ताको सवा करोड राजस्व रकम बाउन्स चेक बुझाएर नगरपालिकालाई झुक्याएको विषयमा समाचार लेखेकी पोखरेललाई श्रेष्ठ ले गुण्डागर्दी शैलीमा धम्क्याएका थिए । पोखरेलले पसाहा, बालगंगा र दुधौर नदी उत्खनन्‌ गरिरहेका ठेकेदारहरुले पनि चैत मसान्तसम्म बुझाउनुपर्ने झण्डै ५ करोड रकम नबुझाएको समाचार लेखेकी थिइन्। श्रेष्ठले पत्रकार पोख्रेललाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा गुण्डागर्दी शैलीमा दुर्व्यवहार र गालीगलौज गरेका थिए ।

उनको यो हर्कत प्रेस स्वतन्त्रता विरोधी काम हो, सञ्चारकर्मी पोखरेलमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघले घटनामा संलग्न अन्यलाई समेत तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायसँग माग गरेको छ।

स्मरण रहोस्: नदिजन्य निर्माण सामग्री उत्खनन् गरिरहेका ठेकेदारहरूले प्रारम्भिक र विस्तृत वातावरणीय प्रभाव मुल्यांकन विपरित जथाभावी उत्खनन् गरिरहेका छन्‌। उनीहरूले राजस्व बापत बुझाउनुपर्ने करोडौं रकम बुझाउन समेत आलटाल गर्दै आएका छन्।

sahid diwas