लागुऔषध ओसारपसार तथा दुरूपयोग विरुद्ध दिवसको अवसरमा दीप प्रज्वलन
भरतपुर/शुक्रवार चितवनको भरतपुरमा ३३ औ अन्तर्राष्ट्रीय लागुऔषध ओसारपसार तथा दुरूपयोग विरुद्ध को दिवस अवसर मा दीपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । रिकभरिंग नेपाल बाग्मती प्रदेश को आयोजना मा भरतपुरको चौंबिसकोठीमा आज साँझ ३३ औ अन्तर्राष्ट्रीय लागुऔषध ओसारपसार तथा दुरूपयोग विरुद्ध को दिवस अवसर मा दीपप्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिकुल मौसमको बाबजुद पनी राम्रो हेरचाह को लागी उत्तम ज्ञान “ भन्ने नारा का साथ आयोजित दीपप्रज्वलन तथा लागुऔषध सेवन बाट मृत्यु भएका विश्व भरी का व्यक्ति हरू को सम्झना मा मौनधारण सहित कार्यक्रम सम्पन्न भएको हो।
रिकभरिंग नेपाल बाग्मती का अध्यक्ष दिवाकर राज श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रममा गृहमन्त्रालय अन्र्तरगतको उच्च स्तरीय लागुऔषध नियंत्रण तथा समन्वय ईकाईका सदस्य गौरबबाबु ढकाल, रिकभरिंग नेपाल केन्द्रीय उपाध्यक्ष धुर्ब के. सी., नेपाली काँग्रेस चितवनका युवा नेता एवम,ने.वि. संघ विरेन्द्र क्याम्पसका सभापति बचन कार्की लगायत को उपस्थिति रहेको सो कार्यक्रम को संचालन रिकभरिंग नेपाल बाग्मतीका कार्यक्रम संयोजक मनीष न्यपान्नेले गरेका थिए।