मानवता विहिन संस्कृति मौलाउदै।

जवसम्म चेतनाको विकास हुन सक्दैन, तवसम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैन । जिम्मेवार व्यक्तिहरुमा चेतनाको विकास सोही अनुरुप व्यवहारिक कार्यन्वय हुन सक्दैन तव सम्म कागजी विद्धताको को कुनै अर्थ रहदैन । वौदिकता आफैमा समाज परिवर्तनको साध्य वन्न सक्दैन ।यो त केवल साधन मात्र हो । जुन साधनको उचित प्रयोगले मात्र सुसस्कृत समाज निर्माण गर्न सक्दैन । भ्रममा वाँचेको मान्छे भ्रमवाट मुक्त हुन प्रयत्न गर्देन ।

शिक्षामा विशिष्टता हासिल गर्देमा चेतनशिल हुने र अशिक्षित हुदैमा अचेतनशिल र अयोग्य हुने भन्ने हुदैन । यहि पेरिफेरिमा अडेको समाज त्यहि वरिपरि भन्दा पृथक हुन सकेन ।

 

किनकी उसको त्यो चेतनाभन्दा धेरै परको विषय वन्दछ । व्यवस्था आफैमा साध्य हुन सक्दैन । व्यवस्था परिवर्तन हुदैमा समाजमा रहने व्यक्तिको चेतना परिवर्तन हुने भन्ने हुदैन । मानवताको न्युन मुल्य मान्यताको समेत ख्याल नराखी गरिने वेजिम्मेवारी क्रियाकलाप मानवता विहिन संस्कृति मौलाउने शिवाय केहि वन्न सकेन । त्यहि कमजोर चेतनाको प्रतिमुर्तिहरु नै समाजको वौद्धिक वर्ग र नेतागण वनिदिदा समाज झन झन मानवता विहिन वनिदियो ।
शासन व्यवस्था र संविधानमा जे जस्तो समानता र मौलिक हक अधिकार स्थापित भएता पनि कार्यन्यनकर्ताको चेतना स्तर नभएपछि त्यसले दिने परिणाम पनि नकारात्मक हुन्छ । शक्ति र सत्ता फगत निश्चित समयका लागी हुन्छ भन्ने समेत हेक्का नभएकाहरु आफनो भुमिकामा सजिवता प्रस्तुत गर्न सक्दैन । त्यसैको परिणाम विश्व समुदायमा नै अन्याय र अत्याचारहरु निर्मम रुपमा घटिरहे, घटिरहनेछन् । समाजमा घट्ने जातिय विभेद होस वा लैगिक विभेद, जहाँ पनि हेर्ने हो भने त्यह समाजको नेता, वौद्धिक वर्ग र आफुलाई ठुलो सम्झने व्यक्तिहरु नै अन्यायको पर्याय वनिरहन्छन् । उनिहरुलाई लाग्दो हो, उसले जानेको र वुझेको नै अन्तिम सत्य हो । जुन अन्याय हुन्छ, त्यहाँ सर्वसाधराण वाट हैन , समाजका नै मसिहा वाट हुन्छ, त्यहि अर्धचेतनाको भुमरिमा समाज सधै वन्धक वनिरहयो । त्यसको चपेटामा समाजका सर्वसाधारण परिरहयो । त्यहि सर्वसाधारणको नाम भजाएर राज गर्नेहरु आफुलाई एक्लो वृहस्पतिका रुपमा चित्रित गरिरहन्छन् ।
समाजमा रहने र शासन गर्नेहरु एकअर्काको पुरक वन्नु पर्नेमा सधै चरम खाडल सिर्जना गरिरहयो । यसको एउटै कारण भनेको फुटाउ र राज गर हो । किनकी यहि चेतना भन्दा माथी उठ्न नसक्नेहरु नै समाजको अगुवा वनिदियो र आवश्यकताले नेतृत्वको विकास गर्ने भएता पनि समान चेतना र मापन को कसिमा उर्वर नवनिदिदा त्यसले आशातित परिणाम दिन सकेन । गरिवी र अशिक्षा कसैको चाहना होईन । र गरिवी र अशिक्षा नै चेतनाको मुख्य आधार पनि होईन । शिक्षामा विशिष्टता हासिल गर्देमा चेतनशिल हुने र अशिक्षित हुदैमा अचेतनशिल र अयोग्य हुने भन्ने हुदैन । यहि पेरिफेरिमा अडेको समाज त्यहि वरिपरि भन्दा पृथक हुन सकेन । ऐन नियम भन्दा पनि लहड र व्यक्तिगत स्वार्थतामा रम्नेहरु परिवर्तन हुन सक्दैनन भन्ने विश्वको ईतिहासमा सदावहार देख्न सकिन्छ, त्यहि घटनाको पटाक्षेपका तापमा जल्नेहरु जलिरहे र त्यसको निराकरणमा लाग्नु भन्दा राजनिती गर्न माहिर वनिदियो । शासन आवश्यकता र न्यायका लागी हुनुपर्दछ, तर शासन शक्तिका लागी वनिदियो । त्यसैको परिणाम समाज सुसस्कृत र सभ्य वन्न सकेन, जतिसुकै वौद्धिक, योग्य र क्षमतावान शासक भएता पनि । जुन परिघटनाहरु समाजको पाईला पाईलामा देख्न र भोग्न सकिन्छ । सिद्धान्त जीवनका लागी हुनुपर्नेमा जीवन सिद्धान्तका लागी सर्मपित वनिदियो । त्यो सिद्धान्तका लागी होईन, जालझेल, तिकडम र शक्ति संघर्षका लागी सिद्धान्तको लेपन लागिदियो ।

जवसम्म चेतनाको विकास हुन सक्दैन, तवसम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैन । जिम्मेवार व्यक्तिहरुमा चेतनाको विकास सोही अनुरुप व्यवहारिक कार्यन्वय हुन सक्दैन तव सम्म कागजी विद्धताको को कुनै अर्थ रहदैन । वौदिकता आफैमा समाज परिवर्तनको साध्य वन्न सक्दैन ।यो त केवल साधन मात्र हो । जुन साधनको उचित प्रयोगले मात्र सुसस्कृत समाज निर्माण गर्न सक्दैन।

कस्तो समाजको परिकल्पना र विकास गरिरहेका छौ भन्ने अहंम प्रश्नचिन्ह अहिले विश्व परिवेशमा मुखातरित वनेको छ । शासन र शासक विचको तादात्मयता वुझन नसक्नेहरु अराजकतामा नै रमिदियो । अनुकुलताको व्याख्यातामा रम्नेहरु जनताको आशा र अपेक्षामा होईन, स्वार्थता र घमण्डमा स्वखलित वनिदियो । जसका कारण समाज र शासक वर्ग प्रति नै आम जनताको हेर्ने धारणा नकारात्मक वनिदियो । जसको कारण समाजमा थप दुर्घटना निम्ताउने अवस्था सिर्जना गरिदियो । ऐन नियम र कानुन सर्वसाधारणका लागी मात्र लागु भईदियो ।
जुन युगमा रहेता पनि त्यसले तात्विक असर पार्ने रहनेछ भन्ने विश्वका घटनाक्रमले पनि पुष्टि गरिसकेको छ । शासन कर्ताको सकारात्मक पहलकदमी र जिम्मेवारी नहुने हो भने शासन व्यवस्था पनि लजाउदो रहेछ । त्यहि चक्रमा नै समाज घुमिरहयो । जिम्मेवारीता र दायित्ववोध आफैमा चलायमान हुदैन यो त व्यक्तिमा निर्भर वनिदिन्छ, त्यहि व्यक्तिको निर्भरताको पराकाष्ट चेतनास्तरमा गएर विलिन भईदियो । अमुर्ततामा जीवन खोज्नेहरुले मुर्तताको परिभाषा नियाल्ने दुस्साहस गर्न सकेन ।
व्यक्ति फरक भएता पनि चेतनास्तर नभएपछि परिणाम आउने भनेको उहि नै हो । शासन गर्नेहरु चेतनाको कडिमा जवसम्म लेपन लाग्न सक्दैन, तवसम्म सभ्य समाज निर्माणको कल्पना भनेको हात्ती आयो हात्ती आयो फुस्सा शिवाय केहि वन्न सक्दैन । त्यहि अर्धचेतित र अराजकताको भुमरीमा रहेको शासक वर्गहरु भईन्जेल समाज समृद्ध वन्न सक्दैन । त्यहि अर्धचेतित समाजमा राज गर्नेहरु दुरगामी लक्ष्य र जनताको आधारभुत आवश्यकताका लागी कहिल्यै सहजीकरण गर्न सक्दैनन । जसले गर्दा समाजमा मानवता विहिन संस्कृतिको झन विकराल अवस्था आउने छ । जुन वेला आफुलाई सर्वेसर्वा भन्ने शासकवर्ग त के भगवानले समेत वचाउन सक्दैन ।