कोरोना कहर बढदै:थप १० जनामा देखियो, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं /नेपालमा पछिल्लो समय कोराना भाईरस दिनप्रतिदिन ह्वात्तै बढीरहेको छ । हिजो मात्र कोरानाकै कारण काठमाण्डौको टिचिगं अस्पतालमा एक बिरामीको निधन पनि भईसकेको छ । यसैक्रममा आज फेरी थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो ।
कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।