काठमाडौंका पनि भित्रियो कोराना ! एक पुरुषमा पुनः संक्रमण

२३ वैशाख, काठमाडौं / काठमाण्डौमा पनि कोराना भाईरसको संक्रमण देखिएको छ । कोरोना भाइरस ९कोभिड(१९० मुक्त भएर घर फर्किएका भनिएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ ।
मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।