नेपालमा कोराना संक्रमितको सख्याँ ७५ पुग्यो, अझ बढने संकेत
२१ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा शुरुमा ९ जना र पछी थप ६ गरी १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७५ पुगेको छ ।
आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका हुन् । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको हो ।
१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको ३० र ३० जनाको समुहमा नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । ३० जनाको एक समुह मध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ ।
तर संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो ।
त्यस्त,ै आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
आइतबार कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले जानकारी दिएका छन् ।
थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।
मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन्त, र हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । उनी मस्जिदमा मौजिन(मस्जिदमा अजान गर्ने व्यक्ति) थिए ।
साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउजाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । यस्तै वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।