मेघगर्जन र हावाहुरी सहित देशभर वर्षाको सम्भावना !
काठमाडौं। पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म कायम रहनेछ ।