कोरोना भाइरसको प्रभाव : चितवनका सबै पत्रपत्रिका बन्द

चितवन/कोरोना प्रभावका कारण चितवनका सबै पत्रपत्रिकाहरु बन्द हुने भएका छन् । जिल्लामा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोना भाइरस) को महामारीलाई मध्यनजर गर्दै पर्सी१२ गते बुधबारदेखि १० दिनको लागि पत्रिकाको प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हुन् ।
आज सोमबार जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक तथा व्यवस्थापकहरुको भरतपुरमा भएको भेलाले पत्रिका बन्द गर्दै अनलाइन संस्करण मात्र प्रकाशन गर्ने निर्णय गरेको हो । विषम परिस्थितिमा नियमितरुपमा पत्रपत्रिका प्रकाशन गरी ग्राहकको हातमा पु¥याउन निकै कठिन हुने अवस्था सिर्जना भएकाले केही समय बन्द गर्ने निर्णय गरिएको संयुक्त रूपमा जारी विज्ञप्तिमा जनाइएको छ।
विश्वव्यापीरुपमा बढिरहेको कोभिड–१९ (कोरोना भाइरस) को महामारीका कारण सबैले अप्ठ्यारो महसुस गरिरहेको र सरकारले देशलाई नै करिब–करिब ‘लकडाउन’ गरिसकेको अवस्थामा पत्रिका नियमित प्रकाशन गर्न अप्ठ्यारो भएको भन्दै पत्रपत्रिकाहरुको प्रकासन बन्द गरिएको हो ।