बनेपामा प्रहरीले गर्यो कोराना भाईरस विरुद्ध सचेतना अभियान सहित माक्स वितरण

  1. वनेपा/कोराना भाईरस विरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आइरहेको नेपाल प्रहरी बागमती प्रदेश कार्यालयले वनेपामा कोरोना भाइरस बारेमा सचेतना सहित आम सर्वसाधारणलाई निशुल्क माक्स वितरण गरेको छ ।
    संसारभर कोरोनाले आक्रान्त परिरहेको साथै नेपालमा यो भाइरसको सन्त्रास बढेसगैँ आम सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गर्दै वगामती प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय काभ्रेँ र ईलाका प्रहरी कार्यालय वनेपाको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सहित माक्स वितरण गरिएको हो ।
    बनेपाको चारदोबाटो चोकमा आयोजित कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख एसएसपी किशोर कुमार दाहाल, जिल्ला प्रहरी कार्यालय काभ्रेँका डिएसपी कुमारविक्रम थापा र वनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्यले संयुक्त रुपमा माक्स र सचेतना पर्चा वितरण गरेका थिए।
    उक्त कार्यक्रममा झण्डै ५ सय बढी स्थानियलाई माक्स वितरण गरिएको र वनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर समेत गरिएको ईलाका प्रहरी कार्यालय वनेपाका प्रमुख योगेन्द्र तिमिल्सीनाले जानकारी दिए ।
    कार्यक्रममा बोल्दै कोरोनाबाट बच्न भिडभाडमा नजान डा।रोजिन श्रेष्ठले आग्रह गर्दै माक्स प्रयोग गर्ने तरिका बारे जानकारी दिईन् ।
    माक्स वितरण गर्दै वनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्यले जनताको स्वास्थ्यमा खेलबाड नगर्न व्यपारीहरुलाई आग्रह गरेका छन् । उनले सर्वसाधारणलाई सहज रुपमा माक्स उपलब्ध गराउन समेत अध्यक्ष शाक्यले अपिल गरेका छन् ।
    कोरोनाको बढ्दो सन्त्रास रोक्न र आम सर्वसाधारणलाई सचेत एंव सजग गराउन नेपाल प्रहरी को योजना अन्तरगत बागमती प्रदेश प्रहरीले प्रदेशका १० वटै जिल्लामा अभियानलाई सञ्चालन गरेको वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख एसएसपी किशोर कुमार दाहालले जानकारी दिए ।
    कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्ले, जिल्ला टाफिक प्रहरी कार्यालय काभ्रेँका प्रमखु विशाल तामागं लगायत सयौं सर्वसाधाणको उपस्थिति रहेको थियो।