सार्बजनिक स्थानमा रक्सीका होड्रिङ्गबोर्ड राख्दा महानगरलाई कति फाईदा ?

के यो जनस्वास्थ्यमाथीको गम्भिर खेलवाड होईन ?

सुर्य बराल/चितवन /देशकै केन्द्रभागमा रहेको चितवनको नारायणगढ पुलचोकमा रहेको एउटा घरको छतमाथीको यो होड्रिङ्गबोर्डमा खुकरी रमको ठुलो ब्यानर देखिन्छ । भरतपुर महानगरले केही पैसाको लागी जनस्वास्थ्य र जनचेतनामा पार्ने असरको ख्यालै नगरी यो बोर्ड यसरी सार्बजनिक स्थलमा राख्न दिएको हो ।

नारायाण्गढको पुलचोकमा मात्र होईन महानगरको शहिदचोक, लायन्सचोक, बसपार्क लगाएतका क्षेत्रमा बिभिन्न ब्राण्डका यस्तै होड्रिङ्गबोड हरु यत्र तत्र देख्न सकिन्छ । तराईबाट पुर्बपश्चिम राजमार्ग, राजधानी काठमाण्डौं र पर्यटकीय शहर पोखरा लगाएतका पहाडी जिल्ला छिर्ने मुख्य नाकाको चोकमा सबैको आँखा पर्ने गरी जनस्वास्थ्यको प्रबाह नगरी यो होड्रिङ्गबोर्ड यहाँ ठड्याईएको हो ।

महानगरका मुख्य बजार क्षेत्रका रेष्टुरेण्ट, दर्जन जति घरका छत, लोकमार्गका होटल र मदिरा स्टोर अगाडी यसरी नैं ठुला ठुला ब्यानरसहितका मदिराका बिज्ञापनयुक्त होड्रिङ्गबोड र फ्लेक्स बोर्डले महानगरको शोभा त कुरुप बनाएको छ नै साथ साथै यस्ता होड्रिङ्गबोडले यहि बाटो भएर गुज्रने सयौं स्कुलबसमा सवार हजारौं कलिला बालमष्तिष्कहरुमा समेत नकारात्मक असर परिरहेको तर्फ महानगरको ध्यान जान नसक्नु नागरिकहरुहरुको स्वास्थ्यमाथीको गम्भिर लापारबाही भएको आम बुझाई छ ।
स्मार्ट सिटीको पगरी गुथाइएको महानगरको बजार तथा मुख्य सडक क्षेत्रमा यत्र तत्र अब्यबस्थित रुपमा टांङ्गिएका फलेसबोर्ड र होड्रिङ्गबोर्डका कारण शहर नै कुरुप बन्दै गईरहेको छ ।

सार्बजनिक स्थानमा राखिएका यस्ता होड्रिङ्गबोर्डले आम जनमानसमा भ्रम पैदा गर्नुका साथै अस्लिलताको समेत खुलेआम प्रचार गरिरहेको भएपनि यस्ता होड्रिङ्गबोर्ड र लाईटबोर्ड राख्दा महानगरलाई केही रुपियाँ त् फाईदा पुग्ला तर त्यस्ता प्रचार सामाग्रीहरुको कारण जनमानस र स्थानियबासी त्यसमा पनि अझ बालबालिकाहरुको बाल मष्तिष्कमा के कति क्षति पुग्छ ?

स्थानीय सरकार समेत रहेको महानगरपालिका जिम्बेवार बन्नुपर्देन ? अल्कोहल जन्य पदार्थ (रक्सी र बियर) तथा कयौं अर्धनग्न तस्बीरहरु रहेका होड्रिङ्गबोर्डहरुले महानगरको नागरिकहरु प्रतिको नैतिक दायीत्व र सभ्यताको समेत खिल्ली उडाईरहेको जानकारहरु बताउछन् । उसो त् भरतपुर महानगरमा मात्र होईन पुर्बपश्चिम लोकमार्ग छेउ छाउका प्राय स्थानमा मदिराका होड्रिङ्गबोर्डहरु लगाएको देखिन्छ ।

गत् पौंष ११ गते नै नेपाल सरकारको गृहमन्त्रालयले शहर तथा सडकमा रहेका यस्ता होर्डिङबोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने निर्णय गरेपनि मातहतका जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय र स्थानिय सरकारको हैसियत बनाएका महानगर, नगर तथा गाँउपालिकाहरुले त्यसको अबज्ञा गरीरहेका हुन् ।
गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले निर्णय गरेको यतिका दिन भईसक्दापनि सो निर्णय भरतपुरलगाएतका देशभरका अधिकांस पालिकाहरुमा कार्यान्वयन हुन सकेको छैन् ।

जनताको मत खाएर जनस्वास्थ्यमाथी गम्भिर कुठाराघात गर्ने भ्रमपूर्ण नाङ्गा मदिराजन्य यस्ता फलेक्सबोर्ड र होड्रिङ्गबोर्ड हटाउन सम्बिन्धित स्थानिय सरकारहरुले तदारुक्ता देखाउनुपर्ने होईन र ? तर स्थानिय सरकारका नेतृत्व तहमा रहेका अधिकांश मान्छेहरु भाडँमा जाय दुनियाँ कसै भी पैसा कमाए भन्ने हिन्दी उखान चरितार्थ गर्दै हिडीरहेको आम बिश्लेषण बढीरहेको छ । भण्डाफोर अभियान साप्ताहिकबाट