आईजीपी खनालको आजबाट पदावधि सकियो, नयाँ आईजीपी को ?
काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक ९डीआईजी० ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक ९आईजीपी० बनाउने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ । उनी आईजीपी भए पाँच महिना सो पदमा रहनेछन् ।
आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । आजबाट आइजीपी खनाल, तीनजना एआइजी र १८ जना डिआइजीले एकै साथ अवकाश पाएका छन् ।
अबको नयाँ महानिरीक्षक डिआइजीबाट सिधै हुनेछ । महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीका लागि दौडधुप भइरहेको छ । २७ औँ प्रहरी महानिरीक्षकका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ ।
आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबीच सोमबार छलफल भएको थियो ।
राजधानी दैनिक बाट