दशौँ दिन शुक्रबार मात्रै २५ हजार भन्दा बढी दर्शकले गरे अवलोकन
गैँडाकोट महोत्सव/माघ २४ ।
जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा
गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट
महोत्सवको दशौँ दिन शुक्रबार मात्रै २५ हजार भन्दा बढी दर्शकले
अवलोकन गरेका छन् । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक
एवम् उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष शालिकराम
सापकोटाले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको जानकारी दिए
। महोत्सवको आकर्षणको रुपमा नारायणी नदीमा ¥याफ्टिङ
, लण्डन ब्रीज
आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका
सापकोटाले बताए । महोत्सवमा शुक्रबार प्रमुख अतिथिको रुपमा उपस्थित
बागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले गैँडाकोट महोत्सवले चितवन र
नवलपुरको समग्र आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा टेवा पु¥याएको
बताए । गैँडाकोट महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नु
सुखद कुरा भएको श्रेष्ठको भनाइ छ । तेस्रो गैँडाकोट महोत्सवमा थारु,
गुरुङ
, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग,
वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी तीन सय ५० भन्दा बढी
स्टलका साथै बाल उद्यान समेत रहेका उद्योग वाणिज्य संघ गैँडाकोट
नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।
भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले
महोत्सवका सबै सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । नेपाल भ्रमण
वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि
समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट
महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव
छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन
गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको
व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका
लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् । नारायणी
नदीकिनारमा सञ्चालन भएको सो महोत्सवमा शुक्रबार चर्चित गायक तथा
मोडल दुर्गेश थापा, क्यारिकेचर दिनेश काफ्ले, दुर्गा सापकोटा,
ढाकाराम पौडेललगायतले आफ्नो प्रस्तुति राखेका साँस्कृतिक संयोजक
नवराज कँडेले जानकारी दिए । माघ १५ गतेदेखि सुरु भएको गैँडाकोट