मिठु : नमिठो जीवनका किस्सा

ठम्याउन नसक्ने आँखा, चल्न नमान्ने हातखुट्टालाई नमान्दा नमान्दै तन्काउन विवश मिठुका जीवनहरुमा कहिल्यै मिठास आएन । तनहुँको पोल्याङ्गमा जन्मेर वरुवा गौरीगंन्ज चितवनमा कर्म घर वनाएका मिठु केसी जीवनका उत्तरार्धमा ती विगतका जीवन भोगाईहरु सम्झेर वृद्दाश्रममा समय व्यतिति गरिरहेका छन् । जीवनका कुनै पलहरु पनि शान्ति र सुखमा नविताएका ती पलहरु नै जीवन वयतितका कथाहरु वनेका छन् ।

एकल महिला, त्यसमाथी छोरा वुहारीको त्यो हेला र कुटपिट र आर्थिक अवस्थाको दयनिय अवस्थाले मर्न भनि हिडेकी मिठु नातिको त्यो भविश्य सम्झेर मर्न नसकेर नाती समेत वोकेर हिडेकी हुन । भन्छिन् डाँडामाथीका घाम भएका म मेरो यो नातीको मेरो शेषपछि के होला ?

वुवा सुर्यवहादुर केसीको सन्तानका रुपमा यस धर्तिमा टेकेका मिठु केसी को वाल्यकालमा नै विहे भयो । वाल्यकालको त्यो गरिवी सँग जुझेर जीवन सँग संघर्ष गरेकी मिठु वैवाहिक जीवनपछि पनि त्यो दुखले छाडेन । जीवनका अनेकौ आरोह अवरोह पार गरेर जीवनका अन्तिम पलहरु आफन्त, श्रीमान, छोराछोरी र समाज छाडेर विवशताका साथ वाकी सास वृद्याश्रममा नै फेर्ने वाध्यतामा आईपुगेकी छिन् । वाल्यकालमा नै समाजिक परम्परा अनुसार वैवाहिक जीवनमा वाधिएका मिठु को छोरा र छोरीहरु नभएका होईनन । सम्पतिका नाममा केहि भएको पनि सन्तान तथा श्रीमानले नै सकेका मिठु यो सासंरिक मोहवाट मोह भंग भएर ईश्वर नै सर्वासर्वे हो भन्दै आश्रममा आश्रित हुन आईपुगेकी छिन् ।
उमेरले ८२ लागेकी मिठुका शारिरिक अंगहरुले काम गर्ने भेउ पाउदैनन । त्यसको उपाय भनेको सहन मात्र हो । किनकि वढदो उमेर सँगै र कमजोर आर्थिक स्थितीका कारण चाहेर पनि तन्दुरुस्त हुन नसकेका मिठु अर्काको सहारामा जीवन विताउन वाध्य वनेकी छिन् । श्रीमान्को मृत्यृ पाश्चात छोरा सँगै वस्दै आएको मिठु वुहारी को त्यो कचकच, कुटपिट सहन वाध्य वनिन् । सधैको छोरा र वुहारीको हेलत्व कुटपिट सहनु नै दैनकी वन्यो । घरको सकेको काम गर्दा समेत वुहारीको नजरमा कहिल्यै राम्रो नभएको मिठु आफुले जन्माएको छोरा र वुहारी वाट नै कुटपीट सहनु लाई जीवन भन्दिनन् । घरमा सधै मेरै कारणले मात्र झगडा भएको हो कि जस्तो लाग्न थाल्यो । परिवारमा समेत आर्थिक रुपमा सवल नहुदाँ वुहारीले समेत छोरालाई छाडेर हिडेपछि त्यसैको पीरमा झन डुवेकी मिठु छोराको समेत अत्तोपत्तो नभएपछि एक नाति समेत लिएर सहाराका लागी वृद्याश्रम आईपुगेकी हुन् । पुख्यौली सम्पति समेत श्रीमानका उपचार र छोराले सकेपछि चितवनका गौरीगंन्जमा सुकुम्वासी जग्गामा वसेकी थिईन । सम्पति हुदाँ सम्म राम्रो भएको छोरा चन्द्र केसीको पारिवारिक जीवन राम्रो सँग चलिरहेको थियो तर वुहारी त्यो उत्पीडनले छोराले सधै रक्सी खान थाल्यो । वुहारी चाहि भएको सम्पति सकिएपछि एक नाती र नातीनीलाई छोडेर वुहारी पोइला गएपछि छोरा चन्द्रको जीवन पनि एकाकार हुन गयो । त्यहि पीरमा छोरा पनि जाँड रक्सीको कुलतमा फसेर घर नै नआउने भएपछि र समाजवाट समेत अपहेलित भएपछि वाँच्न नसक्ने भएर घरवाट निस्किन् ।
जीवन भोगाई र सन्तान हुर्काउन गरेको संघर्षका कथाहरुले मिठुलाई जीवन पर्यान्त घोचिरहने वताउछिन । श्रीमानको अकालमा नै मृत्यृ पछि समाजवाट पाएको त्यो घृणित व्यवहारले सदावहार आशु दिने वताउछिन् । एकल महिला, त्यसमाथी पारिवारिक पीडा र आर्थिक अवस्थाको दयनिय अवस्थाले मर्न भनि हिडेकी मिठु नातिको त्यो भविश्य सम्झेर मर्न नसकेर नाती समेत वोकेर हिडेकी हुन । छोराका समेत अत्तोपत्तो नभएपछि त्यो नातिको भविश्यका लागी वाचेकी मिठु त्यहि वृद्याश्रममा नै वसेर नाति पढाउन तल्लिन छिन् । जीवन एउटा भोगाई रहेछ, सृष्टिको लीला पनि अपरम्पार रहेछ, कसैलाई जीवनभर सुखै सुख त कसैलाई जीवनभर दुखै दुख यो के त ? आशुँ आँखावाट टिल्पिलाउदै मिठुले भनिन् । लाग्दथ्यो त्यो मिठु आमाको त्यो सुख्खा आँखामा रसाएको आँशुले पनि सोधिरहेको थियो । जीवनमा अझै तिमीले धेरै नै आशु वगाउन पर्नेछ । धेरै दिन र रात भोकै विताएका मिठुका अनुभवले भोकै वस्दा खेरी भोक लाई पनि जित्न सकिने रहेछ । कति भोकै वसियो त्यसको कुनै हिसाव किताव नै छैन । जीवनमा जव उमेर ढल्किदै जान्छ, परिवारको पनि हेलत्व नै स्वभाविक रहेछ । हात मुख जोडनका लागी दैनिकी ज्यालादारी गर्न पर्ने वाध्यतामा वाँचेकी मिठु हात खुट्टा नचलेपछि भोकै वस्नुको विकल्प नरहेको वताईन । गरिवी र अभाव नै जीवनको किस्सा भएको वताउने मिठु चल्न नसक्ने हातखुट्टा र खोल्न नमान्ने आँखाको धीपधीपमा जीवनको अन्तिम पलहरुको पखाईमा रहेकी छिन् ।
अनेकौ ठक्कर र हण्डर खाएर वृद्धाश्रममा आईपुगेकी मिठु स्वर्गको अनुभुति भएको वताईन । समाजमा छरिएर रहेका समाजका अपहेलित, पारिवारिक घृणा र छोराछोरीको अपहेलना वाट पिल्सिएका वृद्धवुद्धाका हुलमा मिसिन आईपुगेका मिठु वृद्धाश्रमका अन्य सदस्यहरु नै परिवार भएको वताउछिन् । सवै दुखका कथामा डुवेकाहरुका सहारा वनेको वृद्धाश्रमले जीवनमा धेरैको आशुँ पुछेको वताउछिन् । साँच्चै नै वृद्धाश्रम के का लागी भन्नेहरुको सम्पुर्ण सहारा नै वनेको महशुश गरेकी मिठु आफनो अन्तरमनको आर्शिवादले संचालकको सधै भलो हुने विश्वास गरिन् , भन्छिन् डाँडामाथीका घाम भएका म मेरो यो नातीको मेरो शेषपछि के होला ?