भगवान वेदव्यासको १०८ फिट उचाईको मुर्ति निर्माणार्थ महायज्ञ
वि.वि. श्रेष्ठ,तनहुँ, दमौली
व्यासक्षेत्र शिवपन्चायन विकास कोष दमौली, तनहुँद्धारा भगवान वेदव्यासको १०८ फिट उचाईको मुर्ति निर्माणार्थ श्रीमद भागवत सप्ताह विराट ज्ञान महायज्ञ शुरु भएको छ । अठारपुराणका वक्ता प्रमुख कथावाचक पंण्डित नारायणकृष्ण चरणामृतले संगितमय कथा प्रवचन गर्ने उक्त महायज्ञ यहि माघ २० गते देखि २८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
भगवान वेदव्यासको विराट मुर्ति व्यासकै भुमिमाा स्थापना गर्दा विश्वको ध्यान आर्कषण हुने र अन्तरिक तथा वाहय पर्यटकहरुको आगमन गर्न सकिने र भविश्मा पुरातात्विक एवमं सास्कृतिक महत्वका यस्ता धरोहरले समाजलाई सुसभ्य, संस्कारिकत वनाउदै वैदिक दर्शनप्रति अभिप्रेरित गर्ने उद्येश्य अनुरुप १०८ फिट उचाईको मूर्ति स्थापनाको लागी महायज्ञ संचालन गरिएको आयोजक समितीका अध्यक्ष अशोक कुमार श्रेष्ठले वताउनुभयो । व्यास ऋषिको तपोभुमि रहेको तनहुँ र त्यसमाथी पनि दमौली धार्मिक तथा पर्यटकिय महत्व वोकेको स्थान हुनाले पनि मूर्ति निर्माण पाश्चात यस स्थानको महत्व थप वढ्ने पनि अध्यक्ष श्रेष्ठले वताउनुभयो । परापुर्व कालदेखि नै यस व्यास क्षेत्र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिरपरिचित हुदै आएको मा यसको निर्मााणले भगवान वेदव्यासको गरिमा झन झन वढ्ने विश्वास समेत गरिएको छ । यो महायज्ञ धार्मिक तथा पौराणिक महत्व सँगसँगै यस स्थान व्यास नगरपालिका मात्र नभई तनहुँ जिल्लाको नै सान हुदाँ सम्पुर्ण जिल्लावासी महानुभावहरुलाई अन्तरआत्मादेखि नै दान गरि महान अभियानमा सहयोग पुरयाउन समेत आयोजकले अनुरोध गरेको छ ।
१०८ फिट उचाईको भगवान वेदव्यासको विराट मुर्ति स्थापनाको लागी विस्तृत परियोजनाप्रतिवेदन एवंम गुरुयोजनामा प्रस्ताव गरिएको मुर्ति निर्माणका लागी करिव ६४ करोड रुपैया लाग्ने अनुमान गरिएको छ । ठुलो योजनाको उक्त कार्यक्रमलाई सफल वनाउन र आर्थिक सहयोग जुटाउने उद्येश्य अनुरुप महायज्ञ संचालन गरिएको व्यास क्षेत्र शिव पंन्चायन विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । विशुद्ध धार्मिक र पुरातात्यिक दुरगामी महत्व वोकेको १०८ फिट उचाईको भगवान वेदव्यासको विराट मुर्ति स्थापना गर्नका लागी सम्पुर्ण जिल्लावासीहरुलाई आयोजकले आग्रह समेत गरेको छ । पंण्डित नारायणकृष्ण चरणामृत प्रमुख कथावाचक रहनुभएको उक्त संगितमय कथा प्रवचनको उद्घाटन संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गर्नुभएको थियो ।