भ्रष्ट एवं चाकडीबाज एसएसपी थापा काठमाडौं प्रहरी प्रमुख बन्ने दौडधुपमा
काठमाडौं/भ्रष्ट एवं चाकडीबाज छबि बनाई बदनामी कमाएका एसएसपी दिपक थापा काठमाण्डौं प्रहरी प्रमुख बन्न दौडधुप गरिरहेका छन् । काठमाण्डौं प्रहरी प्रमुख बन्न थापा प्रहरी प्रधान कार्यालय र नेकपाका अध्यक्ष लगाएतका नेताहरुको चाकडीमा दिनरात लागीरहेका हुन् । कार्यसम्पादन समेत कमजोर रहेको भनी प्रहरी संगठनभित्रै चर्चा कमाएका थापा चाकडीकै भरमा प्रमुख बन्ने दाउमा रहेको बुझिएको हो ।
प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाका प्रमुख रहेका थापाले नेता देखि आफुमाथीका ‘हाकिम’लाई चाकडी र चाप्लुसीबाटै विश्वासमा लिई रिझाउने गरेको स्वंय थापालाई नजिकबाट चिन्नेहरुको ठम्याई छ । ‘चाप्लुसीबाज’ को छबि बनाएका थापाका सहकर्मीहरु स्वयं थापाले नेपाल प्रहरीमा चाकडीबाद र चाप्लुसीमा अहिलेसम्मकै रेकर्ड तोडेको बताउँछन् । चिप्लो, मिठो, बिस्तारै जि हजुरीको शैलीमा शीर्ष नेताहरुका अगाडी पछाडी गर्दै नेताहरुलाई भ्रमित र भूलभूलैयामा पार्ने अनि लाभ नै लाभ लिन माहिर थापाले प्रचण्डको चाकडीकै भरमा चितवनमा १८ महिना लुटपाट मच्चाएको अहिलेपनि चर्चाको बिषय बन्ने गरेको छ । आफ्नो चाप्लुसी शैली र जी हजुरी गर्दै नेताहरुको चाकडीकै भरमा थापाले काठमाडौं प्रहरी प्रमुख पद हत्याउने दाउमा लागेको उनकै समकक्षीहरु बताउँछन । चितवनमा एसपी रहदा थापाले बर्दीको आडमा गरेको अबैध धन्दाको अहिले पनि चितवनका चोक चोकमा चर्चा परिचर्चा हुने गर्दछ । चितवनमा रहदा उनले भरतपुरको ओरालोमा रहेको एक होटलमा जुवा सञ्चालन गर्न दिएबापत दैनिक ५० हजार भन्दा बढी जुवाडेको भिष्टो बुझ्ने गरेको बिषयमा भण्डाफोर अभियानले लगातार समचार प्रकाशन गरेपछी प्रहरी प्रधान कार्यालयबाट तत्कालीन प्रमुख प्रकाश अर्यालको ठाडो निर्देशनमा त्याहाँ छापा हान्न उनी बाध्य भएका थिए । थापाले चितवनमा रहदा नदी जन्य पदार्थको अबैध दोहन र चुरे क्ष्ेत्रको बिनासमा चितवनका ठेकेदारहरुलाई सघाएबापत करोडौं लाभ लिएका थिए । पटक पटक अख्तियारमा परेर पनि नेताको आर्शीबादमा उन्मुक्ति पाएका थापाले चितवनका होटलहरुबाट समेत मोटो रकम उठाएका थिए । तत्कालिन प्रहरी हवल्दार रामप्रबेश यादबलाई घुमुवाको रुपमा खटाई लागुऔषध कारोबारीहरुसँग समेत रकम उठाउन लगाएका थापाको श्रृमती, छोरी र उनको श्री सम्पतीको सुक्ष्म अध्ययन गरेमै थापाको अथाहा असुली धन्दा पत्ता लाग्ने बिगतमा उनकै घुमुवा भएर काम गरेका एक प्रहरीले बताए । काम भन्दा गफ र मिडीयाबाजीमा रम्दै नेताहरुको चाकडीमा लिप्त थापा
प्रहरीको रासनभत्ता, लत्ताकपडा, भवन निर्माण जस्ता ठेक्कापट्टामा अनियमितताको आरोपमा अख्तियारको समेत नजरमा परेका थापाको नेकपाका बरिष्ठ नेताहरुसँगको हिमचिमको कारण अख्तियार समेत डराएको आम चर्चा छ । प्रहरी प्रमुख सर्बेन्द्र खनालको चाकडी गरेकै भरमा गत् २०७६ असोजमा ६४ औं प्रहरी दिवसका अवसरमा उत्कृष्ट प्रहरी ब्यवस्थापकको पुरस्कार हात पार्न सफल भएका थापाले पुस्कार पाएको बिषयले प्रहरी संगठनमा काम भन्दा पनि चाकडी गर्नुपर्ने गलत सन्देश गएको आम बुझाई छ । खनाललाई आर्थिक लेनदेनका हिसाबमा बाटो फुकाईदिने काम गरे र वेरुजु फर्छयौंटमा योगदान गरेको भन्दै खनालले थापालाई पुस्किृत गरेको प्रहरी बृतमा अझ पनि चर्चा हुने गर्दछ ।
गत वर्ष माघमा थापाले चाकडी चाप्लुसी गरेकै भरमा एसपीबाट एसएसपीमा बढुवा भएको भन्दै उनी विवादमा परेका थिए । त्यतिखेर प्रहरी संगठनभित्र उनी भन्दा सिनियर एसपीलाई पछि पार्दै उनी एसएसपीमा बढुवा भएका थिए । गृह मन्त्रालयले प्रहरी महानिरीक्षक खनाल नेतृत्वको सिफारिस समितिका आधारमा गत वर्षको माघमा १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा थापाले एसएसपी पद हात पार्न सफल भएका थिए । त्यतिखेर आफु भन्दा जुनियर, कार्यसम्पादनमा असाध्यै कमजोर मानिएका थापा बढुवामा परेपछि नरेन्द्र उप्रेतीले पदबाटै राजीनामा दिएका थिए । उप्रेतीभन्दा एक ब्याच जुनियर रहेका थापा लगाएत एकाधलाई त्यसबेला एसएसपीमा बढुवा गरिएको थियो । उनको आपत्ति थापाको बढुवामै थियो । चाकडींकै भरमा वढुवा गरिएको आरोप त्यसबेला उप्रेतीले लगाएका थिए । चाकडी र पावरकै भरमा मालदार स्थान मानीने ठाँहरुमा थापाले नेतृत्व पाउने गरेको जानकारहरु बताउछन् । ०४ मंसिर २०७३ मा चितवन प्रहरी प्रमुख भएका थापा बोली एउटा तर काम भने अर्को गर्ने थापाले चितवनमा साईबर क्राईमको नाममा पोखराको एक दम्पतीलाई गैह्रकानुनी थुनामा राख्ने र हिरासतमै राखेर अबैध असुली गरेका थिए । थापाले मिटरब्याजीहरुलाई समेत सहयोग गरेको मिटरब्याजी पिडीतहरुको गुनासो छ । भण्डाफोर अभियान साप्ताहिकबाट