तस्कर र मिटरब्याजी विद्रोही नेकपाको निशानामा : सरकारलाई कर नबुझाउन आह्वान।


शनिबार, माघ १८, २०७६
पाल्पा/नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद पाल्पाले तस्कर र मीटर व्याजीलाई निशानामा पार्ने भएको छ। परिषद्ले जिल्लाभरका तस्कर, मीटर ब्याजी र लागुऔषध कारोबारीहरु लाई नियन्त्रणमा लिने भएको हो।
त्यस्तै, परिषदले जिल्लाभरका उधोग ब्यवसायीलाइ पुरानो सत्तालाइ कर नतिर्न अपिल गरेको छ । अहिले सरकार दलालहरुको भएको भन्दै कुनै पनि शिर्षकको कर नतिर्न परिषदले अनुरोध गरेको हो । जिल्लाको अज्ञात स्थलमा बसेको जनपरिषदको बैठकले सबै जिल्लाबासीहरुलाइ वर्तमान सरकारलाइ कर नतिर्न आव्हान गरेको परिषदले जारी गरको विज्ञप्तिमा जनाइएको छ।
जिल्ला जनपरिषदको बैठकमा नेकपाका जिल्ला इन्चार्ज ‘प्रबिन’ले जिल्लामा हुने गरेका सबैखाले बिकृती बिसङ्गतीका विरुद्ध निर्मम संघर्ष गर्न निर्देशन दिएको नेकपा पाल्पाले जनाएको छ ।
उक्त बैठकले जिल्लाभर हुने गरेका लागु औषधको कारोबार , बिषादीयुक्त रक्सी ,मिटर ब्याजीहरुलाइ निसाना बनाएर अभियान संचालन गर्ने कार्यक्रम रहेको जनाइएको छ
बैज्ञानिक र सामुदायिक बनको नाममा काठतस्कर र सरकारी कर्मचारीको मिलेमतोमा ठुलो ब्यापार भएको भन्दै उनिहरुलाइ जनस्तर बाट कार्वाही गर्ने चेतावनी दिएको छ ।
जनपरिषदका प्रमुख मिन बहादुर सारु मगरको अध्यक्षतामा बैठक बसेको थियो ।

sahid diwas