महायज्ञको नाममा करोडौं कर छली : के बाबाहरुले कर तिर्नु पर्दैन सरकार ?
सुर्य बराल /चितवन । जिल्लामा माघ महिनामा मात्र आदा दर्जन बढी महायज्ञहरु भईरहेका छन् । जसमध्ये रामनगर माबि र युवा माबि ज्योतीनगरको महायज्ञ सम्पन्न भईसकेको छ । त्यस्तै, पारसनगरस्थित पोख्रेल बन्धुहरुको महायज्ञ, नारायणी नदी किनारको कोटीहोम, शरदपुरको ब्रम्हाण समाजको महायज्ञ सञ्चालन भईरहेको छ भने रामपुरको महायज्ञ माघ १९ बाट सञ्चालनमा आउने छ ।
जिल्लामा गत् बर्षपनि महायज्ञ गरिएको थियो । उसो त् आजभोली देशभर महायज्ञ फेसन जस्तो भईरहेको छ । मानिसहरुको हिन्दु धर्मप्रतिको आस्थालाई भजाएर बिभिन्न उधेश्य पुरा गर्न आयोजक सस्थाँहरु महायज्ञलाई रकम असुलीको माध्यम बनाईरहेका छन् । यी महायज्ञहरुमा लाखौं मात्र होईन करोडौं रकम उठ्ने गर्दछ । कतिले नगद त्, कतिले पछी दिने शर्त त्, कतिले भुमिदान समेत गर्ने गर्छन महायज्ञको दौंरान । तर करोडौं करोड उठ्ने ति महायज्ञका आयोजकहरु न् करको दायरामा आएका छन् न् लाखौं रकम कुम्ल्याउने बाबाहरुले नै कर तिर्छन । एक अध्ययन अनुसार एक महायज्ञबाटै ५० लाख सम्म लिने बाबाहरुले एक रुपयाँपनि कर तिरेको देखिदैंन् । एउटा जनसामन्यले गरेको बार्षिक ४ लाख भन्दा बढी कमाईमा जम्मा आम्दानीको २५ प्रतिशतसम्म सरकारले कर लिन्छ । तर बार्षिक करोडौं आम्दानी गर्ने यी बाबाहरुसँग किन के कति कारणले कर असुली गर्न सकिएको छैन् ।
गतवर्षको पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा तत्कालिन समयमा विष्णु प्रपन्नाचार्य नामले चिनिने हाल बालयोगेश्वर उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । महायज्ञ आयोजक समितिबाट उनले आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ नगद लिएको आयोजकहरु नैं बताउछन तर एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ नगद लिएका भण्डारीले जिल्ला स्थित आन्तरिक राजस्व कार्यालयमा एक रुपयाँ कर तिरेको रेकर्ड देखिदैन् ।
भण्डाफोर अभियानले आन्तरिक राजस्व कार्यालय भरतपुरमा सम्पर्क गर्दा क्षदमभेषी बाबा भण्डारीले एकरुपयाँ कर तिरेको नदेखिएको हो ।
उसो त् भण्डारी मात्र होईनन् अर्का पण्डित दिनबन्धु पोख्रेलले समेत चितवनका धेरै महायज्ञमा आएका छन् उनले देशभर १५ बर्षदेखि महायज्ञमा बाचन गर्दै आईरहेका छन् तर उनले समेत कर तिरेको पाईदैन् । अमेरिका अष्ट्रेलीया र युरोपसम्म महायज्ञमा पुग्ने पोख्रेलले समेत ब्यापक मात्रमा कर छली गरेको पाईएको हो ।
भण्डाफोर अभियानलाई गोप्य श्रोतले दिएको जानकारी अनुसार पोख्रेलले बार्षिक करोड भन्दा बढी आम्दानी गरी काठमाण्डौंको सितापाईलामा ११ आनामा साढे दुईतले भब्य बिल्डीगं बनाएका छन् । त्यस्तै चितवन लगाएत देशैभर अरु थुप्रै जग्गा जमिनहरु र घरहरु जोडेका छन् । तर उनले आम्दानीको अनुपातमा कर तिरेका छैनन् ।
पण्डीत पोख्रेल मात्र होईनन् यो पण्डीत पेशामा रहेका अरु धेरै बाचकहरु जस्ले बर्षमा करोडौं आम्दानी गर्छन उनीहरु मध्ये अधिंकाशले कर छली गर्ने गरेको भएपनि अहिलेसम्म कर नियामक निकायहरुको ध्यान पुग्न सकेको देखिदैन् । पोख्रेल मात्र होईनन् देशभरका कुनैपनि महायज्ञ अथवा यस्तै बिबिध धार्मीक कार्यक्रम र बाबाहरुद्वारा सञ्चालित फाउण्डेशनहरुमा समेत आउने दान लगाएतका आम्दानीहरु कालोधनको रुपमा करमुक्त देखिन्छ ।
यस बिषयमा गम्भिर अनुसन्धान गर्नुपर्ने देखिएपनि आन्तरिक राजस्व बिभाग, राजस्व अनुसन्धान बिभाग, सम्पति शुद्धिकरण बिभाग लगाएतका कर नियामक निकायहरु भने मौंन एवं मुकर्दशक बनि बसिरहेको देखिन्छ । बाबाहरुको राजनितीक नेताहरुसँगको सामीप्यता र हिमचिमकै कारण पनि कर नियामक निकायहरु बाबाहरुको आम्दानीमा कर लगाउन डराएको आमश्लिेषण छ ।
अन्य सर्बसाधरणलाई कर माथी कर लगाई ढाड सेक्ने सरकार के बाबाहरुको आम्दानीमा कर लगाउनुपर्दैन् ? यसैबिच आन्तरिक राजस्व बिभागका महानिर्देशक बिनोद बहादुर कुँबरसँग कुरा गर्दा उनले महायज्ञ सञ्चालकहरुले आयकार कटाएर मात्र बाबाहरुलाई पारिश्रमिक दिनुपर्ने बताए । उनले भने यस बिषयमा हामी थप अध्ययन गर्नेछौं । बाबाहरुले कर छली गरिरहेको बिषयमा अनुसन्धान गरी आवश्यक कार्बाही गरिने उनले जानकारी दिए ।
अनुसन्धान गर्न सकिने
यस्ता महायज्ञ लगाएतका ठाँउमा धेरै चन्दा दिनेहरुको आय श्रोत के हो त्यसको अध्ययन गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर प्रशासक शुभ रिजालले बढी चन्दा दिने ब्यक्तिहरुको आय श्रोत बारे अनुसन्धान गर्न सकिने बताए । भण्डाफोर अभियानसँग कुरा गर्दै प्रमुख रिजालले भने महायज्ञ लगाएतका सार्बजनिक कार्यक्रममा रकम दिने ब्यक्तिले बार्षिक के कति आम्दानी गरेको छ ? उस्ले नियमसंगत कर तिरेको छ छैंन, त्यस्को सुक्ष्म अध्ययन गरिने र कर छली गरेको पाईएमा कार्बाही गरिने बताए । उता आन्तरिक राजस्व बिभागका महानिर्देशक कुँबरले समेत चन्दादाताहरुको समेत आयश्रोत खोजी गरिने जानकारी दिए ।
कालोधनको रवाफ
पैसामुखि बन्दै गएको हाम्रो समाजमा यस्ता महायज्ञ लगाएतका सार्बजनिक समारोह हरुमा तस्कर, दलाल,घुस्याहा,बापती,ठग लगाएतका कालोधन आर्जन गर्ने ब्यक्तिहरु जस्ले बढी पैसा दिन्छ उसैलाई मानसम्मान गर्ने प्रबृती बढेको कारण समाज दिगभ्रमित बन्दै गएको छ । समाजले दुत्कार्नुपर्ने र तिस्कृत गर्नुपर्ने ब्यक्तिहरुलाई नै ठुला ठुला सर्बाजनिक समारोहमा बढी पैसा दिएकै कारण प्रमुख अतिथी बनाउने देखि प्रमुख अतिथी बनेर आउने राजनितीक दलका ठुला नेता र मन्त्रहिरुले खादा ओढाई सम्मान गर्दा ठगेर भएपनि पैसा कमाउनुपर्ने सन्देश प्रबाह भईरहेको छ । एकातिर करमुक्त कालोधनको सर्कुलेशन भएको छ भने अर्कोतिर समाजमा पैसा भए मान सम्मान ईज्जत सब थोक पाईन्छ भन्ने मनोबिज्ञान बढेर गएको छ । यस बिषयमा समाजका सचेत नागरिकहरुले ठुलो संर्घष गर्नुपर्ने देखिन्छ ।
कर छली गरेको छैन् : पोख्रेल
यसैबिच भण्डाफोर अभियानको सम्पर्कमा आएका पण्डीत दिनबन्धु पोख्रेलले आफुले कुनै कर छली नगरेको बताएका छन् । भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै पोख्रेलले आफुले २०६५ सालदेखी नै प्यान न लिई सरकारलाई कर तिरिरहेको बताए । अरुले के गरेका छन्, तर मैले प्यान नं. लिएर कर तिरिरहेको छु उनले भने । बार्षिक करोडौंको आम्दानी गर्ने तपाईले बर्षको ५ हजार तिर्ने गरी प्यान लिएर मात्र हुन्छ ? आयकर तिर्नुपर्ने होईन र ? भनेर हामीले प्रश्न गर्दा पोख्रेलले अहिलेसम्म प्यानबाटै चलिरहेको छ, राज्यका निकायले अनुसन्धान गरी माग गरेमा आफु कर तिर्न तयार रहेको जनाउ दिए । उनले सबै राज्यको कर नितीमा आउनुपर्ने भन्दै आफुले करछली गरेको प्रमाणित भएमा कार्बाही भोग्न तयार रहेको जिकीर गरे । आजको भण्डाफोर अभियान साप्ताहिकबाट