उवासंघ चितवनको अध्यक्षमा स्थापित व्यवसायी ज्ञानेन्द्रमान शाक्य उठने ।
चितवन /उद्योग वाणिज्य संघ चितवनको आसन्न् निर्वाचनमा चितवनका पुराना एवं स्थापित व्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । गोलाप्रथाबाट संघको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गरिएको कार्य प्रति बिरोध गर्दै अग्रज ब्यबसायी शाक्यले उमेद्वारी घोषणा गरेका हुन् ।
यस अघि केही पुर्बअध्यक्षहरुको पहलमा संघको आगामि कार्यकालका लागि अध्यक्षमा राजु श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ तथा त्यसपछिको कार्यकालमा अध्यक्षमा चुननारायण श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गोलाप्रथाबाट गरिएको थियो । उक्त निर्णयको आम ब्यबसायीबाटै चौतर्फ बिरोध भईरहेको सन्र्दमा शाक्यको उमेदवारी परेको हो । शाक्य सँगै अन्य पदहरुमा पनि ब्यबसायीहरुले स्वस्फुर्त उमेद्वारी घोषणा गर्ने तयारी थालेको बुझिएको छ । भण्डाफोर अभियानसँग कुरा गर्दै शाक्यले उक्त निर्णयलाई अबैध अलोकतान्त्रिक र ब्यबसायीको भावना बिपरितको संज्ञा दिएका छन् ।
“हजारौं सदस्यहरुलाई भोट हालेर उपयुक्त उमेद्वार छनोट गर्ने ब्यबसायीको मताअधिकारलाई कुण्ठित गर्नेगरी भएको निर्णय भएको रहेछ, ”, त्यसलाई खारेज गर्दै ब्यबसायीको हकहित स्थापित गर्न आफुले उमेद्धवारी दिएको शाक्यको भनाई छ ।
नारायणगढमा सुनचाँदी तथा हिराको कारोबार गर्ने शाक्यले भोली सम्ममा प्यानल नै घोषणा गर्ने तयारी भइरहेको बताए ।