नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित, टुंगो लागेन सभामुख उम्मेदवार
सुभाष साह/काठमाडौं रसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को २३ पुसमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले २३ पुसमा बस्ने बैठक स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको बैठक १५ माघमा बस्ने सचिवालय बैठकले निर्णय गरेको छ । नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले राष्ट्रिय सभाको निर्वाचनमा जुट्नुपर्ने भएकाले केही दिनपछि बैठक गर्ने निर्णय भएको बताए ।
‘अहिले राष्ट्रिय सभाको निर्वाचनमा जुट्नुपर्ने हुन्छ,’ थापाले भने, ‘केन्द्रीय सदस्यहरू सबै निर्वाचनमा जुट्नुभएकाले बैठक १५ माघमा बस्ने निर्णय भएको हो ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचन ९ माघमा हँुदै छ ।
नेकपा स्रोतका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनसहित अन्य तयारीसमेत पूरा नभएकाले बैठक केही दिनपछि गर्ने सहमति सचिवालय बैठकमा भएको हो ।
हालै सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक २३ पुसमा काठमाडौंमा बस्ने निर्णय गरेको थियो । पार्टी एकतापछि केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकीकरण भएपछि केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन । पार्टी एकतापछि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन र परिचय तथा शपथग्रहणका लागि एकचोटि बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन । तर, पार्टीको विधानमा केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्ने व्यवस्था छ । ४ सय ४५ केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ । यस्तै, विधान संशोधन, पार्टीको एकता महाधिवेशनलगायत विषयमा गम्भीर छलफल हुने नेकपाले जनाएको छ ।
सभामुख र एमसीसी बारे निर्णय भएन
नेकपाको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरे पनि सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता विषयमा निर्णय गर्न सकेको छैन ।
नेकपाभित्र सभामुख र एमसीसी सम्झौता विषयमा विवाद चर्किंदै गए पनि त्यसबारे कुनै निर्णय हुन सकेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच यस विषयमा पटक–पटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले समेत सभामुख र एमसीसीबारे कुनै निर्णय गर्न सकेको छैन । पार्टीभित्र सभामुखका लागि नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसालसहित हालका उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले दाबी प्रस्तुत गर्दै आएकी छन् ।
नेकपा एक सचिवालय सदस्यका अनुसार सभामुख र एमसीसीबारे बैठकमा केही निर्णय नभएको बताए । नेताहरूले दाबी गरे पनि त्यस विषयमा टुंगो लगाउन अझै प्रयास जारी नै रहेको उनले बताए ।
नेकपाभित्र सभामुखको उम्मेदवारको विवादकै कारण ४ पुसबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन स्थगित भएको थियो । एकपटक बसेको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । अर्कोचोटि बसेको बैठकले २७ पुसमा पुनः बैठक बस्ने सूचना जारी गरेको थियो ।
यस्तै, एमसीसी सम्झौताबारे स्थायी कमिटी बैठकमै नेताहरू दुई धारमा विभाजित भएपछि त्यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको थियो । तर, सचिवालय बैठकले समेत एमसीसी सम्झौताबारे निर्णय गर्न सकेको छैन । राजधानी राष्ट्रिय दैनिक बाट