रातो खोल ओढेका ब्वाँसाहरुको षड्यन्त्रको पर्दाफास गरौं ।
राष्ट्रघाती एमसिसी परियोजना रोक्न आम जनदबाब बढाऔं !!
सूर्य बराल/पौष २१/अमेरिका दुनियाँको सबैभन्दा ठूलो आतंकवाद पैदा गर्ने कारखाना अर्थात देश हो । उ आफ्नो साम्राज्यवादी चरीत्र र दुनियाँमा आफू एकनम्बर रहेको पाखण्डपन कायम राख्न दुनियाभर विभिन्न प्रकारका प्रायोजित मुद्धा आफ्ना एजेन्टहरू मार्फत उठान गरी गृहयुद्ध, दिदेसिय युद्ध भड्काउने साथै आतंवादविरुद्ध को लडाइँको नाममा प्रत्यक्ष/अप्रत्यक्ष रूपले युद्ध को वातावण पैदा गराईरहेको छ । उसले यो सब आफ्नो हतियारको बिक्री गरी नितान्त आफ्नो अर्थतन्त्र सुधार गर्न यो आपराधिक खेल खेलीरहेको छ ।
- प्रजातन्त्रको दुहाई दिने उसले बैधानिक सत्ता (इरान)को सेनाका अफिसरको हत्या त्यो पनि (लुकेर, छापामार शैलीमा ) गरेको छ । अमेरिकाको यो कस्तो प्रजातन्त्र हो ? उसको शासन शैली प्रजातान्त्रिक होइन आतंककारी नै देखिन्छ ।
मध्य पूर्वी एसियामा अवस्थित अरबको खाडी मुलुकहरुमा रहेको पेट्रोलियम पदार्थमा एकछत्र राज र मूल्य नियन्त्रणका लागी अमेरिकी आक्रमणको भित्री उद्देश्य निहित रहेको घटनाक्रमले देखाईसकेको छ । अमेरिका हतियार र ऊर्जा अर्थात पेट्रोलियम पदार्थमा एकछत्र राज चाहन्छ । त्यसैले उसले अनेक बहानामा आक्रमण गरी आतंवादविरुद्ध को लडाइँको हवला दिदै दुनियाँलाई भ्रमित बनाइरहेको छ।
आज नेपालमा रातो कात्रो ओढेर डलर डकार्दै कतिपय सरकारी कम्युनिष्ट उपमा पाएका कमाउनिस्ट हरुले अमेरिकी एमसिसी को खुलेर वकालत गरिरहेका छन् । कम्युनिस्ट पार्टीको नाममा कलंक साबित भईसकेका उनीहरूमा पैसाको नाममा आफ्नै आमालाई समेत वेश्यालय बेच्ने मनोवृत्ति हाबी भईरहेको छ, त्यो गलत प्रवृत्तिको हरेक सच्चा देसभक्त, प्रजातन्त्रवादी र असली कम्युनिष्टहरूले कडा प्रतिवाद गर्नै पर्दछ ।
सत्तापक्ष मात्र होइन आफूलार्इ प्रजातन्त्रको जननी ठान्ने कांग्रेस र सो पार्टीका जो आफूलाई अबब्ल अर्थतन्त्र विद मान्छन ती अमेरिकी एजेन्टले समेत एमसिसि को खुलेर वकालत गरिरहेका छन् । नेपालमा एमासिसी लागू हुनु हुन्न । नेपाल कुनैपनि देशको मतियार बनी अर्को देश विरुद्ध प्रयोग हुनुहुन्न।
एमसीसि पास नगरेकै कारण महराको यौनकाण्ड बाहिर ल्याएको पुष्टि भईसक्यो अब । आफूलाई संविधानविद ठान्ने अर्को अमेरिकी एजेन्ट जो महरालाई फसाई आफू सभामुख हुने दाउमा एउटा खुट्टा उचाली पदको र्याल काढीरहेको छ, यस्ता बिदेशी दलालहरू लाई बेलैमा नङ्ग्याउनु पर्दछ । नेकपाको सरकारले महरालाई सभामुख बाट पदच्युत गरी जेल हाल्नु को भित्री उद्देश्य भनेकै एमसीसीको लागि बाटो तयार पारेको हो । नत्र नेपालका राजनीतिक दलहरुका कयौ नेताहरुका एउटा मात्र होइन ३/३ वटी सम्म रखेल राखेको कुरा भेटिन्छ। के सबलाई कारबाही हुन्छ त? त्यसैले महरालाई भनेको नमानेको झोकमा स्वय ओली सरकारले फसाएको हो । उनको कमजोरीमा टेकी सिध्याईयो आपितु साम्राज्यवादी षड्यन्त्र कदाचित पूरा हुन दिन हुन्न । रातो खोल ओढेका राष्ट्रघाती ब्वाँसाहरुका विरुद्ध देसब्यापी आन्दोलनको उठान हरेक राष्ट्रबादी, देशभक्त, प्रजातान्त्रिक एवं क्रान्तिकारी हरुको अहिलेको मुख्य कार्यभार हो । हामी अंतरराष्ट्रीय राजनीतिमा तटस्थ रहनु नै हाम्रो देश को लागी हितकर हुन्छ । भूगोल जोडिएका छिमेकीको नाताले भारत र चीन सँगको सहअस्तित्व को आधारमा सहकार्य जरूरी हुन्छ, अपितु हामी कोही कसैको गुलाम बन्ने वा बनाउने कुरा हामीलाई कदाचित स्वीकार्य हुन्न ।
हामी अफगानिस्तान,ईराक,सिरिया र ईरान बन्न चाहँदैनौं । हामी शान्ति चाहन्छौं, हामी स्वीजरल्याण्ड र सिङ्गापुर बन्न चाहन्छौ । त्यो बन्न नसके बरु बन्नै परे हामी उत्तर कोरिया बन्न तयार छौं। तर कसैको गुलाम बन्ने कल्पना गर्न सकिदैन। हेक्का होस् लाल गद्दार अमेरिकी एजेन्ट र उसको मालिकलाई पनि । अत, हामी सम्पूर्ण सचेत देशभक्त नागरिकले देशको बिरुद्ध भईरहेको षड्यन्त्रको पर्दाफास गर्दै तिनका एजेन्टहरुलाई गतिलो सबक सिकाउनको लागी पनि एमसिसिको बिरुद्ध शसक्त आन्दोलन उठाउन अब ढिला गर्नुहुन्न । सबै उठौ, देशको लागि सबै जुटौँ।