ओली सरकार नै कालोबजारीमा :५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्दै
चितवन/नेपाल सरकार नैं कालोबजारीमा भन्दा कतिपयलाई बिश्वास नलाग्न सक्छ तर हो तथ्यले त्यही देखाउँछ ।
ओली सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गरेको छ । कालोबजारी नियन्त्रण गर्नुपर्ने सरकार नै कालोबजारीमा लागेको हो । यो सँगै सरकारलाई कालोबजारी नियन्त्रणको नैतिक अधिकार समेत
नभएको जानकारहरूको दावी छ। सरकारले कालोबजारी नियन्त्रण गर्छ भन्नु पनि भ्रम हो एक सचेत नागरिकले भने । हेर्नुहोस सरकारले कालोबजारी गरेको विषयमा एकजना पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको सामाजिक सञ्जालमा हेरौं उनको प्रतिक्रिया यस्तो छ ।