उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठ र कँडेलको भिडन्त हुने निश्चित : दुबै उमेद्वारको आफनै जीत हुने दाबी


सूर्य बराल/चितवन/पुस १८/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा अब राजु श्रेष्ठ र बिष्णु प्रसाद कँडेलको बीचमा कडा ले प्रतिस्पर्धा हुने भएको छ । यस अघि उमेदवारको बलियो दाबेदार मानिएका हालका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले उम्मेद्वारी दिने बताएका थिए। तर राजु श्रेष्ठ र चुननारायण श्रेष्ठविच गोलाप्रथाबाट सहमती भएपछि अब अध्यक्षमा राजु श्रेष्ठ र कँडेल बिचमा कडा प्रतिस्प्रधा हुने भएको हो । कँडेलले भण्डाफोर अभियान सँग कुरा गर्दै आफ्नो उम्मेद्वारी कायमै रहेको बताए ।
पूर्व अध्यक्षहरुको रोहबरमा दुई आकांक्षीहरु विच गोलाप्रथा गरिएको मेरोआफूले सुनेपनि आफ्नो बीचमा कसैसंग सहमति नभएको भन्दै कँडेलले आफु अहिलेपनि अध्यक्षको पदका लागि मत माग्दै हिडिरहेको बताए । कँडेलले आफ्नो य जीत सुनिश्चित भइसकेको बताए ।
कँडेल गत निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । त्यस्तै उद्योग बाणिज्य संघका अध्यक्षका अर्का बलिया दावेदार राजु श्रेष्ठले सबैको सहमतिले आफूलाई अध्यक्षको जिम्वेवारी दिने सहमति भएकाले आफ्नो जीत सुनिस्चित भइसकेको बताए। उद्योग बाणिज्य संघ चितवनको निर्वाचन यही पुस २९ गते हुने मिति सार्वजनिक भइसकेको छ।

sahid diwas