आजबाट शनिबारसम्म मौसम बदलीने:हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज बिहिबारदेखि आगामी शनिबारसम्म देशभर मौषम बदलीने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।
यस्तै पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । यस्तै राति देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिभने देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै शनिबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडि तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार रातिभने देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आईतबार दिउसोबाट भने आकाश केही मात्रमा खुल्ने बताईएको छ ।

sahid diwas