शुल्क वृद्धि फिर्ता गर्न बिधार्थीहरु आन्दोलनमा :सप्तगण्डकी क्यामपसलाई ४८ घण्टे अल्टिमेटम
चितवन/शुल्क वृद्धिको बिरोध गर्दै बिधार्थीहरु आन्दोलीत बनेका छन् । शुल्क वृद्धि फिर्ता गर्न भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्यामपसलाई विद्यार्थीहरुले ४८ घण्टे अल्टिमेटम दिएका छन् । ९आइतबार० साँझ एक बिज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।
क्याम्पसमा क्रियाशिल चार विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेवि संघ, अनेरास्ववियु ९क्रान्तिकारी० र समाजवादी विद्यार्थी युनियनले संयुक्त बिज्ञप्ती जारी गर्दै ४८ घण्टा भित्र शुल्क वृद्धि फिर्ता गर्न माग गरेको हो । उनिहरुले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धितत्काल फिर्ता गरेर नयाँ वातावरण सृजना गर्न क्याम्पस प्रशासनलाई अग्रह गरेका छन् ।
‘आम अभिभावक र विद्यार्थीहरुको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धि तत्काल ४८ घण्टा भित्र फिर्ता गर्न जोडदार माग गर्दछौ । अबको ४८ घण्टा भित्र शुल्क वृद्धि फिर्ता गरी नयाँ बातावरण निर्माण गरी वार्ता र सम्बादको माध्यमबाट समस्या समाधान गर्नका निमिक्त्त अल्टिमेटम सहित क्याम्पस प्रशासनसँग जोडदार माग गर्दछौ’ – बिज्ञप्तीमा भनिएको छ । उनिहरुले माग पुरा नगरी कलेज प्रशासनले आलटाल गर्न खोजे शशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
पब्लिक क्यामपस संघले चितवनमा रहेका पब्लिक क्याम्पसहरुमा शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भईरहेका छन् । गत श्रावण महिनादेखी लागु हुने गरी पब्लिक क्याम्पसहरुले १२ देखी ३० प्रतिशतसम्म शुल्क वृद्धि गरेपछी विद्यार्थीहरु आन्दोलित भएका हुन् । क्रियाशिल चार विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन, प्रध्यापक संघ, कर्माचारी संघ र व्यवस्थापन समितीसँग बारम्बार छलफल गरी शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दा पनि अटेर गरेको आरोप लगाएका छन् ।