प्रयोगविहीन बन्दै स्वास्थ्यका महँगा उपकरण, हचुवामै खरिद

काठमाडौं । दक्ष जनशक्तिबिना हचुवाको भरमा किनिएका करोडौं मूल्यका स्वास्थ्यजन्य उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् । सरकारले करोडौं रुपैयाँ खर्चेर किनेका कतिपय स्वास्थ्यजन्य उपकरण प्रयोगमा आउनै सकेका छैनन् । अधिकांश अस्पतालमा मुख्यगरी एक्सरे मेसिन, अल्ट्रासाउन्ड, सीटी स्क्यान मेसिन थन्किएका छन् ।

उपकरण खरिदका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामार्फत यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हचुवाको भरमा उपकरण खरिद गरिँदा प्रयोगविहीन भएको स्वास्थ्य सेवा विभाग नै स्वीकार गर्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार उपकरण प्रयोगका लागि आवश्यक दक्ष जनशक्तिको सुनिश्चित नहुँदा कतिपय जिल्लामा खरिद गरिएका उपकरण प्रयोगमा आउन सकेका छैनन् । उनले भने, ‘न्यूनतम सेवा मापदण्ड २०७६ पारित भइसकेको छ । यसले उपकरण खरिदसँगै प्रयोगमा देखिएको समस्यालाई समाधान गर्न मद्दत गर्छ ।’राजधानी दैनिकम खबर छ ।