भरतपुर २३ मा नमुना पशुपतिधाम निर्माणको निम्ती नारायणी किनारमा माघ ११ देखी फाल्गुन ११ गते सम्म कोटीहोम ज्ञानमहायज्ञ मेला लाग्ने
चितवन /चितवनको भरतपुर २३ मा नेपालकै नमुना पशुपतिधाम निर्माण को निम्ती नारायणी नदी किनारमा आगामी माघ ११ देखी फाल्गुन ११ गते सम्म कोटीहोम ज्ञानमहायज्ञ मेला लाग्ने भएको छ । पबित्र धार्मिक स्थल पशुपति धाम निर्माण गर्ने उद्धेश्यका साथ ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं। सङ्गीतमय लीलामय अष्टोत्तरशत ९१०८० श्रीमद्वागवत धन¬धान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ हुन लागेको हो।
पर्यटन बर्ष २०२० लाई लक्षित गरी भरतपुर २३ स्थित पशुपतिनाथ मन्दिरलाई बृहत् धामको रुपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्धेश्यका साथ महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ मुल आयोजक समीतिले जनाएको छ । भागवत वाचन प्रमुख कथा वाचक वालयोगेश्वर महाराजले गर्नुहुने बताइएको छ ।
१०८ पण्डितद्धारा एक करोड २५ लाख मन्त्र जप सहित अनवरत रुपमा एक महिना सम्म विशेष जडिबुटिद्धारा हवन गरिने वेद १८ पुराण १०८ श्रीमभ्द्धागवत महापुराणको पाठ–पारायण ऐतिहासिक महायज्ञको प्रमुख आकर्षणहरु रहेका छन । साथै २१ करोड दीप प्रज्वलन , १ करोड पार्थीव शिवलिङ्ग निर्माण तथा पूजन ,साथै हेलिकप्टरबाट मुक्तिनाथ हुदैँ १०८ तीर्थको जल र १ हजार आठ गौमाताको दुग्ध धारा सहित कालिगण्डकी र नारायणीमा दुग्धभिषेकका साथै कार्यक्रम परिसरमा पुष्पवृष्टि गरीने कथा वाचक वालयोगेव्श्रर महाराजले बताउनुभएको छ ।
३५ हजार भन्दा बढि दान गर्ने दानदातालाई हेलिकप्टरमा मौलाकालिका र देवघाट क्षेत्र परिक्रमा गराई सम्मान गरीने क्रार्यक्रम पनि रहेको आयोजकले जानाएको छ । देशैभरका १० लाख भक्तजनहरुको उपस्थिती रहने गरी निमन्त्रणा पठाईएको र प्रत्येक भक्तालुले १ हजार रुपैयाँ दान गर्ने आयोजकको दावी छ ।