बिवादित एसपी पन्त नआउने भएपछी :चितवनका एसपी दानबहादुर मल्लको सरूवा रोकियो

चितवन/पुस ८/चितवनमा आउने भनि गृहमन्त्रालयले नाम सार्बजनिक गरेको लिष्टमा रहेकी एसपी गंगा पन्त जिल्ला आउन नपाउदै बिवादित भएसँगै सरुवा भईसकेका चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको सरुवा रोकिएको छ ।

गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । केही वर्षअघि फेसबुक स्टाटसमा प्रचण्डलाई गलत अर्थ लाग्ने कमेन्ट गरेको प्रसङ्ग सामाजिक सञ्जाल एवं मिडियाहरुमा छताछुल्ल भएपछि पन्त विवादित बनेसँगै पन्त चितवन नआउने भएपछी तत्काललाई एसपी मल्ल् नै चितवन रहने गृह निकट श्रोतले जानकारी दियो।

एसपी मल्लको ठाउँमा केही समयपछी अर्को प्रहरी प्रमुख आउने तयारी भईरहेको श्रोतको दाबी छ । मल्ल थप दुई देखि तिन महिना चितवनमै एसपीको भूमिकामा रहने स्रोतले बतायो । यता, सरुवाबारे आफूलाई कुनै पत्र नआएको मल्लले बताए । चितवन संवेदनशिल जिल्ला रहेको र यहाँको सुरक्षा व्यवस्था बलियो बनाउन आफू लागीरहेको भन्दै सरुवाबारे आफुलाई कुनै आधिकारिक पत्र नआएको एसपी मल्लको भनाई छ । मल्लले विभिन्न काण्ड समाधान गर्न र जिल्लाको सुरक्षा व्यवस्था मजबुत गराउन आफू सफल भएको जिकिर गरे ।
लामो समय नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा गार्डको रुपमा काम गरेका मल्ललाई प्रचण्डको दबाबमा सरुवा रोकिएको बाहिरी चर्चा चलेपनि चितवन आउन लागेकी गंगा पन्तको प्रचण्डबिरोधी फेसबुक कमेन्ट र प्रचण्डनिकट एसपीलाई समयअबधी अघि नै तान्दा कार्बाहीको सन्देश जाने भएकाले तत्काललाई सरुवा रोकिएको गृह निकट श्रोतको दाबी छ ।