खण्डग्रास सूर्यग्रहण: इतिहासकै दुर्लभ ग्रहण, छ वटा ग्रह एकै स्थानमा आउँदै ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?

काठमाडौँ । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १  मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्ने छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहेनछ ।
करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कन्या , वृष, मिथुन, मकर राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुदाँ सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कर्कट, तुला, कुम्भ तथा मीन, राशि हुनेहरुका लागि भने विषेश फाइदा रहनेछ । 

पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाट नै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडीदेखि नै सुरु हुने छ । यो ग्रहण विशेष गरि भारतको नाम र राशिमा लाग्ने हुँदा भारतमा यसको प्रभाव उच्च रहने छ । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव गर्दछ । विशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्वनै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने अनुमान गरिएको छ । राजनीति, व्यापार विदेश मुद्रा, सुन चाँदीको मुल्यमा वृद्धि हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि  सम्म रहनेछ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव १५ दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करब १५ दिन रहने छ तर लागेपछिको समय भने त्यति खतरा नहुने, तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने देखिन्छ । 

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्रुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ, ‘अत्री ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रीमुनि ग्रहणहरुकोबारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रभाण भेटिन्छ । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको, राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्का लागि स्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रह्ण लाग्दछ । 

लामो समय कुर्नुपर्ने भएकाले पनि विशेष महत्वका साथ हेरिने गर्दछ । पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । घुम्ने क्रममा सूर्यको  परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पनि आफ्ना अरविटमा पूरा सौर्य परिवारकै परिव्रmमा गरिरहेको छ । चन्द्रमा आफ्नै अरविटमा पृथ्वीको चारैतिर परिक्रमा गरिरहेको छ । पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४ मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरहेका छौ । परिव्रmमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आउँदछ या एउटै लाईनमा (कन्जम्सम गए) पर्दछ यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ । यस्तो अवस्थामा चन्द्रमाका कारण सूर्यको प्रकाश पृथ्वीमा आउन पाउँदैन र पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो । 

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था हो । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अवस्थामा राहु यो केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । ग्रहण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ । 
 
संसारभरिका वैज्ञानिकहरुका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरु कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् । भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरुले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन् । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्ने प्रतीक्षामा लामो समय बिताउने गर्दछन् । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाछट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र  अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ । 
। 
सूर्यग्रहण लाग्न निम्न तथ्य हुनु आवश्यक ठानिन्छ : 
सूर्यग्रहण  लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ । 
ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखाशं क्रमश : राहु र केतुको नजिकमा हुनु पर्दछ । 
त्यस्तै चन्द्रमाको अक्षाशं शून्य नजिक हुनु पनि आवश्यक हुन्छ । 
यद्यपि ग्रहणको गणितीय स्थिति रातीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो  (सूर्याेदयदेखि सूर्यास्तसम्म) को समयमा मत्र हुन सक्दछ । 

सुर्यग्रहण तीन किसिमका हुन्छन् : 
१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण)
चन्द्रमाले पृथ्वीको भू–भागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म  आइपुग्न सक्दैन,  संसार अन्धकारमय हुन्छ, त्यहाँ रात परेझैँ भान हुन्छ र आकाशमा ताराहरु देखिन थाल्छन् । 

२. आंशिक सूर्यग्रहण (खण्डग्रास, सूर्यग्रहण)
पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र  परेर सूर्यको केही भाग र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ । 

३. वलय सूर्यग्रहण (कङ्कणाकृति सूर्यग्रहण)
वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सुर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको मध्य भागमात्र चन्द्रमाको छायाक्षेत्रमा आउँछ ।  सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो । 

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहण 
मत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एंव तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरुप स्वर्भानु नाम गरेका एउटाा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुन्द्रमन्थनपछि अमृत वितरणका समयमा देत्यगुरु शुव्रmाचार्यले गुप्तचरका रुपमा स्वर्भानुलाई देवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरुलाई पङ्क्तिबद्ध राखेर मोहिनी रुपमा भगवान विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परम भक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रुपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रुप धारण गरी सूर्य र चन्द्रमाको बीचमा देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो । 

राहु र केतु
अमृतपान गरेको स्वर्भानुले अमरत्व प्राप्त गर्याे । तर उसले अमृतपान गरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन  चव्रm प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइदिनु भयो । आफूले अमृतपान गर्न लागेको  अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले एकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रुपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ । 

ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?

विज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि–मुनिहरुले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघि चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ, जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरु अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो ।
वैज्ञानिक र डाक्टरहरुले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् । यसरी कुशको प्रयोग गर्दा ती काटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकँुडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ । 

पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जडराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको  अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गनुहुँदैन, अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै भएर पनि उसको मानसिक र दिमागी सन्तुलमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरुले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो । 

लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् । उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।