अराजक जनप्रतिनिधी
वि.वि. श्रेष्ठ/ मैले तेरो काम गर्दिन, जाँ जाने हो जा, सकेको गर ! जनप्रतिनिधिको धम्किपुर्ण रवैयाले लाग्यो, साँच्चै देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्रिक व्यवस्था लागु भएता पनि यसको व्यवहारिक कार्यन्वयन धेरै पर रहेछ । देशमा लोकतान्त्रिक गणतन्त्र आउनु भएको शासन व्यवस्था र अहिलेको व्यवस्थाले जनतामा शुशासनको कति फरक पारेको रहेछ । जनताको लामो समयपछिको आन्दोलन र त्यसले संस्थागत गरेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई सिंहदरवार घरघरमा होईन, वरु सिंह चाहि घर घरमा आएको अनुभति भएको छ ।
निर्वाचित जनप्रतिनिधी निर्वाचन अगाडी मात्र कुनै पार्टीको प्रतिनिधी हुन्छन्, निर्वाचित भएर जनप्रतिनिधी भईसकेपछि जनताका हुनुपर्दछ नकि कुनै पार्टी विशेषको । तर दुर्भाग्य नेपालको राजनितीमा पार्टीको निर्देशन नै ऐन र नियम वनिदियो ।
जनतावाट निर्वाचित जनप्रतिनिधि जनता प्रति उत्तरदायी रहनु उसको पहिलो कर्तव्य हो । तर आफनो पदिय दुरुपयोग गरि आफुलाई राजा महाराजा मान्ने प्रवृत्तिले जनतामा जनप्रतिनिधी प्रति वितृष्णा जगाएको छ । सेवाको लागी गरिएको राजनिती कमाउन र अहंमतामा गएर टुङ्गिएपछि अन्तत त्यसको पतन निश्चित रहेको छ । निश्चित समय र अवधिका लागी जनताको सेवाका भाव सहित पदिय मर्यादा भित्र रहेर जनताको काम गर्नु भन्दा पनि घमण्ड र अहंकार जडित व्यवहारले जनप्रतिनिधीको दृष्टिकोणमा मोह भंग भएको छ । पदीय जिम्मेवारीमा रहेर जनताप्रति के कसरी व्यहार गर्न नसक्ने जनप्रतिनिधीहरुका कारण शासन व्यवस्था प्रति नै जनताको नैराश्यता थपिएको छ । निर्वाचितका नाममा कोहि पनि सर्वेसर्वा हुन सक्दैन । लोकतन्त्रमा जनताको मतद्धारा निर्वाचित प्रतिनिधी नै जनप्रतिनिधी हुने गर्दछ, यसो भन्दैमा निर्वाचित भएपछि आफुलाई राजा र जनतालाई रैति सम्झने प्रवृत्तिले लोकतन्त्रको सुन्दर पक्षलाई नै खिल्लि उडाएको छ ।
राज्यको पहिलो प्राथमिकता नै जनताको सुव्यवस्था र मौलिक हकको रक्षा हो । लोकतान्त्रिक गणतन्त्रमा स्थानिय तहमा स्थानिय सरकारले नै सरकारको प्रत्याभुति दिलाउने गर्दछ । जनताद्धारा चुनिएको प्रतिनिधी नै सरकार हो । संघिय सरकारको अधिनस्थ रहेर स्थानिय सरकार संचालित हुनुपर्दछ । तर स्थानिय देखि प्रदेश तथा संघिय सरकारको जनप्रतिनिधीहरुको रवैया हेर्ने हो भने जनप्रतिनिधीको काम कारवारी, भुमिका, योग्यता र क्षमताको मापन गर्ने समय आएको छ । जनप्रतिधिको आफर्नै काम, कर्तव्य र अधिकार रहेको छन् तर त्यो भन्दा वाहिर गएर गरिने जनप्रतिनिधीको भुमिकाले देशलाई समृद्ध होईन, झन झन भष्टाचार उन्मुख वनाईरहेको छ । संविधानले प्रदत्त गरेको सीमा भित्र रहेर आफनो भुमिका जनताप्रति उत्तरदायि रहने भन्दा पनि कमाउने र अहंमताले अन्तत शासन व्यवस्थालाई नै चुनौती दिएको छ ।
जनप्रतिनिधीहरुको भुमिकालाई लिएर देशमा वहस चलिरहदाँ उनिहरुको पृष्टभुमि तर्फ फर्कन जरुरी रहेको छ । चुनावका वेलामा हामील कस्तो जनप्रतिनिधीलाई जितेर पठायौ र उ वाट कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने मुख्य कुरा हुन आउँछ । व्यक्तिको विगत नै भविश्यको पनि निरन्तरता हो । व्यक्तिको योग्यता, क्षमता, कार्यकुशलता निर्वाचित भएर जनप्रतिनिधी भएपछि अचानक परिवर्तन हुने होईन, यो त विगत पृष्ठभुमिको निरन्तरताको श्रृखला नै हो भन्ने भुल्नु हुदैन । आँप रोपेर सुन्तलाको अपेक्षा राख्नु जति मुर्खता हो त्यसैगरि गुण्डा, गजेडी, अराजकता, लाई जनप्रतिनिधीमा चयन गरेर शुसासनको कुरा सोच्नु भनेको महामुर्खता हो, त्यहि महामुर्खताको व्यवहारमा हामी रुमल्लिई रहेका छौ । जुन अरु कसैको देन नभई आम जनताको लगावको प्रतिफल हो । सेवा भन्दा पनि व्यापार उन्ुमख राजनितीमा व्यापारी, गुण्डा र ठेकेदार हरु हावी वनिदियो । राजनैतिक दलका नेतृत्वहरु त्यहि स्वार्थको झुण्डको वरिपरि नै रस्वादान गरिदियो । राम्रो भन्दा पनि हाम्रो व्यक्ति भनिदिदाँ देश र समाज समृद्ध होईन, जनप्रतिनिधीहरु सम्पन्न वनिदियो । त्यहि सम्पन्नतलाई देशमा आएको परिवर्तनको संवाहकको रुपमा परिभाषित गरिदियो । देशको अहिलेको प्रारुप यहि वनिदियो ।
राजनितीमा योग्यता, क्षमता र दक्षता पहिलो अंग वन्नुपर्दथ्यो । तर अपवादमा त्यो ओझेलमा परिदियो । व्यक्ति केन्द्रित राजनितीलाई अव्वल राजनिती सोचिदिदाँ अराजकता हावी वनिदियो । सिंहदरवारको अधिकार टोल टोलमा केन्द्रित अधिकार जनताका लागी भारी वनिदियो । आफन्तवादमा रुमल्लिएको जनप्रतिनिधी व्यक्ति, परिवार र पार्टी भन्दा कदापी माथी उठ्ने हिम्मत गरेनन् । त्यहि अर्धचेतनाका भारी वोकेकाहरु नेपालको राजनितीमा हावी वनिदियो र सुशासन र राम्रो गर्नका लागी आफै पनि राम्रो हुनुपर्दछ, तर राम्रो होईन, हाम्रो नै नेपालका राजनितीमा मुलमन्त्र वनिदियो । ठकेदार होस वा गुण्डा, अराजकताका भीड नै निर्वाचित भएपछि उनिहरुवाट आशा नै अरु के हुनसक्दछ र नेपालको जनप्रतिनिधीहरु त्यहि अराजकताको मुहान वनिदियो । निर्वाचित हुदैमा गुण्डा साधु हुन सक्दैन,। निर्वाचित हुदैमा अराजकता सज्जन हुन सक्दैन । त्यहि पृष्ठभुमिमा हुकिएको हरु राजनितीलाई जनताका सेवाका लागी हैन व्यक्ति र स्वार्थका लागी हावी वनिदियो । अनि त्यस्ता जनप्रतिनिधी कसरी जनताप्रति उत्तरदायी वन्न सक्दछन ? अहिलेको अहं प्रश्न यहि हो ।
निर्वाचित जनप्रतिनिधी निर्वाचन अगाडी मात्र कुनै पार्टीको प्रतिनिधी हुन्छन्, निर्वाचित भएर जनप्रतिनिधी भईसकेपछि जनताका हुनुपर्दछ नकि कुनै पार्टी विशेषको । तर दुर्भाग्य नेपालको राजनितीमा पार्टीको निर्देशन नै ऐन र नियम वनिदियो । आफनो पार्टीका निर्देशन र कार्यकर्ताका जस्ता पनि काम गर्न अग्रसर हुने जनप्रतिनिधी जनताका काम भने विभिन्न ऐन नियमहरु देखाएर आफनो शक्ति देखाउन अभ्यस्त वनिरहेका छन् । जुन जनताले नजिकवाट नियालिरहेका छन् । अराजक जनप्रतिनिधीको यहि रवैया रहिरहने हो भने भोलिका दिनमा त्यस्ता जनप्रतिनिधीको समाजिक हैसियत कस्तो हुनेछ, कल्पना गर्न गाह्रो छ । जनताको आशा, अभिलाषा विनाका राजनिती कर्कलाको पानी जस्तै हो । जुन निश्चित समय पछि खस्न पनि सक्दछ ।