रामपुरको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिधार्थीको भोटेताल्चा
चितवनको रामपुरमा रहेको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिद्यार्थी सङगठनहरु भोटेताल्चा लगाईदिएपछी प्रशासकीय काम कारबाही ठप्प भएको छ ।
कृषि संकायले सार्वजनिक गरेको सुचनामा बिद्यार्थी मर्कामा पर्ने गरी प्रवेश परिक्षाको मुल्य निर्धारण गरेकाले तिन बिद्यार्थी सङगठनले संयुक्त बिज्ञप्ति मार्फत ताल्चा लगाईदिएका हुन ।
अनेरास्ववियुका अध्यक्ष सन्तोष खतिवडा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विवेक पौडेल र नेविसंघका सभापति संयम पण्डितको हस्ताक्षर रहेको बिज्ञप्तिमार्फत बिद्यार्थीको ढाड भाचिने गरी निर्धारण गरीएको शुल्क नघटाएसम्म प्रशासनिक काम कारबाही ठप्प पारीएको जानकारी गराईएकोे छ ।