भिजिट नेपाल २०२०को तयारीमा प्रदेश तीन सरकार :पर्यटन प्रबर्द्धनमा एक अर्ब ६५ करोड खर्च गर्ने
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा प्रदेश ३ सरकारको अग्रसरता बढदै गईरहेको छ। सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने संघीय सरकारको तयारीमा प्रदेश सरकारले पनि प्रदेशमा तयारी थालेको हो ।
यसैक्रममा कार्तिक २६ गते मंगलबार ललितपुरमा ‘प्रदेश सरकारको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पूर्व तयारी भेला’ कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा भ्रमण वर्षका लागि प्रदेशले आफ्नो क्षेत्रबाट गरेको काम कारबाही र पर्यटन क्षेत्रमा गरिने नीति, कार्ययोजना तथा खाका प्रस्तुत गरिएको थियो ।
भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रदेश सरकार र केन्द्र सरकारले समेत तयारी थालिएको प्रदेश सरकारले सो कार्यक्रम मार्फत जानकारी दिएको छ ।कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्नमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न केन्द्र सरकारले सक्दो तयारी गरिरहेको र स्वदेशी तथा विदेशी निकायहरुसँग आवश्यक समन्वयन तथा सहकार्य गरिरहेको जनकारी दिए ।
‘हामी भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा छौं, २० लाख माथि पर्यटन भित्र्याउने लक्ष्य राखेका छौं । २० लाख मात्र होइन ३० लाख भन्दा बढी हाम्रो टार्गेट हो । यस्तो अवस्थामा शंका गर्नु राम्रो होइन’ मन्त्री भट्टराईले भने, ‘देशमा यो छैन त्यो छैन भनेर बस्ने होइन । बरु राम्रो कुराको प्रचार गरेर पर्यटन आकर्षण गर्नतिर लाग्ने हो । हामीले धेरै कुरा सुधार गरिसकेका छौं । पर्यटक आगमनको मुख्यद्वारदेखि पर्यटन गन्तव्य, खानपान बसोबास र सुरक्षाको व्यवस्थापनमा समेत विशेष व्यवस्था मिलाइसकेका छौं । त्यसैले आत्तिनु पर्ने अवस्था छैन ।’
मन्त्री भट्टराईका अनुसार भिजिट नेपाल २०२० भनिएपनि एक दशक लामो पर्यटन प्रवर्द्धनको महाअभियानमा सरकार लागेको छ । अहिले १५औं पञ्चवर्षिय योजनामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले १५औं पञ्चवर्षिय योजना सम्ममा ३५ लाख पर्यटक भित्र्याउने छ । अहिले राष्ट्रिय ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशतको योगदान रहेको पर्यटन क्षेत्रलाई ५ वर्षको अबधिमा कम्तिमा पनि १० प्रतिशत पु¥याउने लक्ष्य पनि उनले बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तह, प्रदेश र संघीय सरकार तीनै तह मिलेर मात्र भ्रमण वर्ष सफल पार्न सकिने बताए । त्यसका लागि तीनै तहको सहकार्य, सहमती र ऐक्वेबद्धता आवश्यक रहेको उनको भनाइ छ ।
‘पर्यटन प्रवर्द्र्धनका लागि प्रदेश नम्बर ३ ले आर्थिक वर्ष २०७६÷७७ मा मात्र एक अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । मुख्यमन्त्री पौडेलले भने, ‘यो पर्यटन प्रवर्द्धनमा प्रदेश तीन कत्तिको जिम्मेवार छ भन्ने उदाहरण हो । प्रदेश सरकारको यस खालको तयारीमा संघीय सरकार र स्थानीय तहको समेत सहयोग हुनु आवश्यक रहेको कुरामा जोड दिदै मुख्यमन्त्री पौडेलले यो अभियानमा निजी क्षेत्रकोे सहभागिता र सहकार्य जरुरी रहेकोमा जोड दिए ।
भ्रमण वर्ष २०२० पूर्व तयारी बारे जानकारी दिदै प्रदेश सचिव शिव कुमार वाग्ले प्रदेश ३ ले मुख्य मुख्य १० वटा पर्यटन गन्तव्य र १० वटा हिल स्टेशनको तयारी गरेको जानकारी दिए । प्रदेश भित्रका ६६ वटै निर्वाचन क्षेत्रका विशेष पर्यटन क्षेत्रको सुधार तथा प्रवद्र्धनमा प्रदेश सरकार लागेको पनि उनले जानकारी दिए । स्मरण रहोस पर्यटन प्रबद्धनकै लागी प्रदेश सरकारले गत वर्ष पनि ३३ करोड बजेट छुट्याएको थियो ।