अलमलमा सरकार
लामो समयसम्म सत्तामा हालीमुहाली गरेको काग्रेसले त देश र जनताको लागी केहि गरेन भने हाम्रो सरकार वनेको लामो समय वनेको छैन भनेर वस्ने छुट नेकपाको सरकारलाई छैन । त्यहि लामो समय सम्म सत्ता मा रहेर पनि केहि गरेन भनेर न नेकपालाई देशको सवैभन्दा ठुलो पार्टी वनाएको हो भन्ने समेत भेउ नपाउने हो भने अवको तीन वर्षपछि पुन देश वहुमतिय शासन व्यवस्थामा नै फर्केर सरकार ढलाउने र वचाउने खेल शुरु हुन्छ । जुन भनेको देश र जनताको लागी अभिसाप हो । देशमा विकास र समृद्धिको नारा सहित चुनावमा होमिएको तत्कालिन एमाले र माओवादीको एकिकरणवाट निस्केको परिणाम हो अहिलेको दम्भित दुई तिहाईको सरकार । दुईतिहाई सरकार के का लागी र जनता यो सरकार वाट के अपेक्षा राख्दछ भन्ने कुराको समयमा नै सुनुवाई र त्यहि अनुसारको काम नहुने हो भने अवको राजनैतिक कोर्स अवको भन्दा भिन्न पनि हुनसक्दछ भन्न सकिन्छ । किनकि पटक पटक सुविधाजनक दुईतिहाई, वहुमत र अल्पमतको समेत सरकार चलाईसकेका यहि राजनैतिक पार्टीवाट देश र जनताको परिवर्तन सम्भव छ भन्ने आशा अव कदापी रहनेछैन ।
देश संघियतामा गएपछि को पहिलो वर्ष सरकारले निति, नियम, कानुन निर्माण गर्दा जनअपेक्षा अनुरुप काम गर्न सकिएन भनेर रोदन गरेता पनि अव भने सरकार र संघियताले आकार लिएर काम कारवाही गरेर पुर्ण परिक्षण भईसकेको छ । यस विचमा समस्याको समाधान गरेर संविधान संशोधन गरेर थपघट गरेर थप परिस्कृत र परिमार्जन गर्न सकिन्छ , जुन नेकपाको एकल सरकारले पनि गर्न सक्दछ भने समान मुद्धामा सम्पुर्ण राजनैतिक पार्टीको पनि सहमतिमा अगाडी वढेर संविधान संशोधन गरेर निकास दिन सकिन्छ । यो सवै नजिकवाट वुझिसकेको जनताहरुका लागी अव सरकारको रोदन स्वीकार्य हुन सक्दैन । हिजो सरकार वचाउन र ढलाउन तल्लिन हुदा जनताको काम गर्न सकिएन भन्ने सुविधा अव छैन । यति धेरै सुविधामा पनि सरकार जनअपेक्षा र जनजीविकाका सवालमा अनुदार वनेर सत्ताको फगत चास्नीमा रहिरहने हो भने राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिन्न । विकास र समृद्धिको लागी सोच र क्षमताको विकास हुनुपर्दछ भन्ने एकमात्र सत्यतालाई समेत नअंगाली पार्टी र साथीका लागी भनेर सत्ता र सरकारमा पुरयाएका हरुवाट जनताले राहत पाउन सक्दैन भन्ने कुरा वुझन ढिला गर्नु हुदैन । हिजोका दिनमा जनतामाझ गरेका प्रतिवद्धता र सोहि अनुरुपको कार्य भएन भने जनताले सधै माफ कदापी दिने छैनन ।
पदिय दायित्व र जिम्मेवारी वोध विनाको मन्त्रीगणको व्यवहार र रवैया यहि कायम रहने हो भने नेकपाको सरकारको पनि दुर्दशा हुनवाट कसैले रोक्न सक्दैन । पटक पटक व्यक्तिको परिक्षण अव क्षम्य हुन सक्दैन । विश्व एक्काईसौ शताव्दीमा रहदाँ पनि देश र जनता सधै अल्पविकसित र परिक्षणमात्र कदापी हुन सक्दैन । व्यक्तिको कमजोर क्षमतालाई सधै माफ हुन सक्दैन । यहि परिवेशमा अल्झेको नेकपाको सरकार पनि चौतर्फी जनताको कठघरामा उभिएको छ । यसैमाथि सत्तावाट वाहिरको नेपाली काग्रेसको रोदन र त्यसमाथी सरकारको लाचरीपनमा जनतामा निराश छाएको छ । यहि परिवेशमा सत्ता चलाएको नेकपाले समयमा नै सच्चिने हिम्मत गरेन भने पुन त्यहि दुर्दशा हुनेमा कुनै शंका छैन ।
संघीयताको अंग रहेको प्रदेश र स्थानीय तहको रुपमा रहेको त्यसको मतियारहरुको रवैयाले झन झन सरकारमाथी नै प्रहार हुने क्रम जारी रहेको छ । अधिकांश तहमा नेकपाको एकल सरकार रहेता पनि काम गर्ने परिपाठी र शैलीले जनतामा मात्र होईन आम कार्यकर्तामा समेत नैराश्यता छाएको छ । पदिय जिम्मेवारी र भुमिका वहन गर्ने भन्दा पनि उद्घाटनमा व्यस्त वन्ने शैलीले छोटे राजाको रुपमा दर्ज हुनेहरु वेगल्ती भेटिन थालेका छन् ।
हिजोको समय र आजको समय धेरै फरक हो भन्ने समेत नवुझेका मन्त्री तथा अध्यक्षगणहरु समयमा नै सच्चिन सकेनन । पात्र फेरिए पनि प्रवृत्ति नफेरिने हो भने जनआक्रोश वढ्ने निश्चित छ । सरकार गठन पाश्चात नै राजावादी र पश्चगामीहरु सल्वलाउन थालेको समयमा जनताको अपेक्षा अनुरुप काम गर्नु नै अहिलेको आवश्यकता हो । सत्ता र शक्ति निश्चित समय सम्मका लागी मात्र हो भन्ने वुझन नसकेको नेता र मन्त्रीहरुको काम गर्ने यहि कार्यशैली रहने हो भने सरकार असफल हुनेमा कुनै शंका छैन । निर्मला हत्याकाण्ड होस, वा तेत्तिस किलो सुन, सिण्डिकेट वा स्वास्थ्य क्षेत्रका समस्या, हरेक क्षेत्रमा असफल सिद्ध वनेको सरकारको काम कारवाहीको मोडालिटी समयमा नै व्यवस्थित र परिमार्जन गर्न आवश्यक छ । यो वा त्यो वहानामा उम्कन छुट नभएको यो सरकार, अग्रगामी सोच का साथ अगाडी वढ्नुपर्दछ । समय छदैछ भनेर यहि गतिमा हिडने हो भने अन्य कुनै शक्तिले आफनो रफतार वढाउने छ ।