ईन्द्रेणी सामुदायिक वनको दुईदिने सरसफाई अभियान

जुगेडी÷इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन उपभोक्ता समूहको हस्तान्तरित वन क्षेत्र खैरहनी चौर वरपर अनावश्यक रुपमा रहेको झाडीहरु हटाउने काम गरिएको छ । उक्त क्षेत्रमा साल लगायत अन्य विभिन्न वोट विरुवाहरु संरक्षण गर्न इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर गुरुङको संयोजकत्वमा दुईदिनसम्म सरसफाई अभियान चलेको थियो ।
कार्यक्रम अन्तर्गत सामुदायिक वन क्षेत्रमा पर्ने सिमसार क्षेत्र वरपर, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना, प्रदेश नं. ३ हेटौडा मकवानपुर र ईन्द्रेणी सामुदायिक वन उपभोक्ता समूह भरतपुर–२९, कविलास चितवनको सहयोगमा निर्माण ट्रि हाउस (मचान) क्षेत्र वरपर समेत सरसफाई गरिएको थियो । सरसफाईमा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर गुरुङ, उपाध्यक्ष टिकाराम पौडेल, कोषाध्यक्ष रविन श्रेष्ठ, सचिव दुर्गा न्यौपाने, सह–सचिव ईश्वरीप्रसाद अधिकारी, सदस्यहरु केशव थापा, सरिता थापा, मधुमाया गुरुङ, चन्द्रमान गुरुङ, चन्द्रमाया गुरुङ, ढुण्डीराज काफ्ले, आसबहादुर गुरुङ, मनिसरा गुरुङ, कृष्णप्रसाद भट्ट, लक्ष्मी लामा, जितना श्रेष्ठ, सावित्री लामिछाने, कोपिला भट्टराई, ईश्वरी वि.क., वनरक्षक होमबहादुर श्रेष्ठ, जयलाल श्रेष्ठलगायत सरोकारवाला स्थानीय वासिन्दाहरुको समेत वनक्षेत्र वरवर सरसफाई अभियानमा सहभागिता रहेको ईन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सहायक आईत बहादुर गुरुङले जानकारी दिनुभयो ।