छुटे मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्दसहित पक्राउ सात विद्यार्थी

भरतपुर, चितवन नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द लगायत सबै विद्यार्थी गएराती साँढे ९ बजे छुटेका छन् ।मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले हिजो बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको थियो । उनिहरु बुधबार भएको प्रदर्शनका क्रममा चितवन मेडिकल कलेजबाट पक्राउ परेका थिए । प्रकाश चन्द लाइ पक्राउ गरेपछी देशैभरी बाट विरोध भएको थियो ।
उनीहरुलाई आउने सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
यसअघि पक्राउ परेका १७ जना मध्ये नौ जनालाई बुधबार साँझ नै अभिभावकको रोहबरमा प्रहरीले छाडेको थियो ।