ल्याण्डफिल्ड साईड पिडीत संर्घष समिती आन्दोलनमा
भोली २४ गतेदेखि भरतपुरको फोहर अब आफ्नो गाँउमा फाल्न नदिने ।
२०७६ भाद्र २३ गते । चितवन । भरतपुर महानगरको फोहरले आफुहरुलाई पिडीत बनाएको भन्दै भरतपुर महानगरले अस्थायी ल्याण्डफिल्ड साईटको रुपमा प्रयोग गर्दै आईरहेको क्षेत्रका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा मागपत्र पेश गर्न महानगर प्रमुखसँग समय लिएर भेट्न गएका स्थानियहरुलाई महानगर प्रमुख रेणु दाहालले धम्कीपूर्ण शैलीले फोहर रोकेर देखाउन चेतावनी दिएसँगै संर्घष समितीले तत्कालै भोलीबाटै ल्याण्डफिल्ड साईटमा फोहर फाल्न प्रतिबन्ध लगाएको छ । ल्याण्डफिल्ड साईट संर्घष समितीका अध्यक्ष उत्तम श्रेष्ठले भण्डाफोर अभियानसँग कुरा गर्दै भोली बिहान ६ बजेबाटै गाँउलेहरु फोर रोक् लाग्ने जानकारी दिए । उनले भने महानगर प्रमुखको ब्यबहार, धम्की र शैलीले आफुहरु निराश भएको र फोहर रोक्नुको ुनै बिकल्प नरहेको बताए । महानगरले आफुहरुको क्षेत्रमा बर्षौबाट फालेको फोहरले स्थानियलाई शास्ती मात्र भएको र आफुहरुले स्थानियको हितमा मागपत्र पेश गर्दा उल्टो गाँउलेको नियत ठिक नभएको भन्दै धम्कीपूर्ण भाषामा फोहर रोक्न भनेकाले आफुहरु धम्कीको सामना गर्न र गाँउलेलाई प्रदुषण तथा दुर्गन्धबाट मुक्त गर्न भोली बिहान ६ बजेबादै फोहर रोक्ने कार्यक्रम तय गरेको संयोजक श्रेष्ठले बताए । स्मरण रहोस महानगरले त्यस स्थानमा बर्षौंबाट अब्ययस्थित एवं अबैज्ञानिक तबरबाट फोहर फाल्दै आईरहेको छ ।
भरतपुर महानगर ल्याण्डफिल्ड साईट पिडीत संर्घष समिती
भरतपुर ३, नारायणी दोभान, चितवन
श्री प्रमुख ज्यू, मिती : २०७६।०५।२३ गते
भरतपुर महानगरपालिका, कार्यपालिकाको कार्यालय, भरतपुर, चितवन
बिषय : मागपत्र पेश गरिएको सम्बन्धमा
महोदय,
उपरोक्त सम्बन्धमा हामी महानगरले बर्षौंबाट महानगरभरीको फोहर बिर्सजन गर्ने क्षेत्रका स्थानिय पिडीतहरु हौं । हामी एक भई आफ्नो क्षेत्र, टोलका समस्याहरुलाई समेटेर मागको रुपमा यहाँ समक्ष मागपत्र पेश गरेका छौं । यसलाई गम्भिरतापुर्बक अध्ययन गरी महानगर कार्यपालिकाले स्थानियको समस्या समाधान गर्ने बिश्वासका साथ तपशिलमा उल्लेखित ११ बुँदे मागहरु महानगर प्रमुख ज्यु समक्ष पेश गर्दछौं । महानगरले हाम्रो भावनालाई संबोधन गर्नेगरी उपरोक्त मागहरु कार्यान्वयन गर्ने लिखत प्रतिबद्धता सहित प्रक्रियामा अघि बढने बिश्वास ब्यक्त गर्दछौं । कंथकदाचित हाम्रो मागप्रति बेवास्ता भएमा हामी आजको मितीले १० दिन पछी फोहर रोक्ने लगाएतका संर्घषमा जान हामी बाध्य हुनेछौं । हामी जस्तोसुकै कठोर परिस्थिती आएमा पनि पछी हटने छैनौं साथै उत्पन्न परिस्थीतीको सम्पूर्ण जिम्बेवार स्वंय महानगर हुनेछ ।
हाम्रा मागहरु
१. भरतपुर महानगरले बर्षौंबाट यस क्षेत्रमा अब्ययस्थित रुपमा फाल्दै आएको महानगर भरिका सम्पूर्ण वडाहरुको फोहर फाल्ने कार्य तत्काल बन्द गरी अस्थायी डम्पिङ्गसाईट अन्यत्र सारियोस । (ल्याण्डफिल्ड साईटमै काम गर्नेबाट बालिका बलत्कार र ल्याण्डफिल्ड साईटकै कारण स्थानिय अगुवा सुर्य बराल माथीको आक्रमणको घटना घटेको साथै फोहरको कारण बिबिध समस्या उत्पन्न भएकाले ल्याण्डफिल्डसाईट बन्द गर्नुपर्ने)
२.महानगरको मुख्य बजार क्षेत्र नारायणगढबाट नजिकको यस क्षेत्र बषौंबाट पछाडी परेको र पारिएकोले तत्काल बिशेष प्याकेज कार्यक्रम मार्फत यस क्षेत्रका सडक,कलभर्ट,पुल तथा सुब्यबस्थित ढलको ब्यबस्था गरियोस । (महानगरले दश बर्षबाट अन्यत्रको फोहर समेत यस क्षेत्रमा फ्याकी यस क्षेत्रलाई प्रदुषित गरे बापत क्षतिपुर्ति स्वरुप महानगरकै बजेटमा सडक तथा सुब्यबस्थित ढलको ब्यबस्था हुनुपर्ने)
३.यस क्षेत्रको जमिनमुनिको सतहको पानीमा प्रदुषित भई ट्युबेल धाराको पानीमा आर्सेनिक तथा अन्य गम्भिर स्वास्थ्य समस्या देखिएकाले महानगरले सम्पूर्ण टोलबासीको खानेपानीको धारा निशुल्क जडान गरिदिनुपर्ने तथा न्युनतम शुल्क मिनाहा गरियोस ।(किनकी, दशौंबर्षबाट महानगरले यस क्षेत्रको जमिनमा अब्ययस्थित एवं अबैज्ञानिक रुपमा फोहर बिर्सजन गर्ने गरेकाले जमिनमुनिको भाग प्रदुषित भई जमिनमुनिको पानीमा समस्या देखिएको हुनाले स्थानिय पिडीतहरुलाई शुद्ध खानेपानीको निशुल्क ब्यबस्था गर्नुपर्ने)
४.फोहरकै कारण स्थानियलाई डेंगु लगाएतका रोगहरुको संक्रमण भई उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भएकोले किट तथा लामखुटट्ेको टोकाईबाट भएका बिरामीहरुको सम्पूर्ण उपचार खर्च महानगरले भर्पाई गर्ने ब्यबस्था गरियोस ।
५.नदी,जमेका पानीयुक्त तलैया र जंगलक्षेत्र नजिक भएको बस्तीमा लामखुटट्े लगाएतका किराहरुद्वारा रोग फैलाईरहेको कारण यस क्षेत्रमा कम्तिमा महिनामा एकपटक बिषदी छर्ने ब्यबस्था गरियोस ।
६. नगरबन र नारायण्ीको भङ्गालो(मजुवाबनहरु)बाट आउने जंगली जनवारको कारण स्थानियलाई असुरक्षा बढेकाले ईलेक्ट्रिक तार जालीको ब्यवस्था गरियोस ।
७.टोलबासीको सुरक्षाको लागी टोलको मुख्य नाका र मुख्य चोकहरुमा सि.सि. क्यामाराको ब्यबस्था गरियोस ।
८.पुंगीखोलाको नारायणी दोभानदेखि बा्रहघरे लंकुपुलसम्म खोलाले छाडेको सार्बजनिक जमिन अतिक्रण भईरहेकाले त्यस जमिनको समुचित सदुपयोग गर्ने गरी दाँया बाँया बृक्षारोपण सहित कम्तिमा तिन मिटरको फुटपाथ निर्माण गरियोस ।
९. नारायणी नदी छेउका सार्बजनिक जमिनहरुको डिर्माकेशन गरीयोस साथै आसपासका सम्पूर्ण सार्बजनिक जमिनहरुको संरक्षणको निम्ती तत्काल रेखाङ्कन गरी तारबारको ब्यबस्था गरियोस ।
१०.नगरबन, सानो मजुवा लगाएतका यस क्ष्ोत्रका नारायणी नदीको बिच भङ्गालोहरुमा अवस्थित बनहरुमा बिगतबाटै भईरहेको अनधिकृत फडानी तथा चोरी तस्करी गर्नेहरुलाई कडा कार्बाही गरियोस साथै त्यसको संरक्षण, समुचित ब्यबस्थापन र उपयोगिताको निम्ती ग्रिन रिभर टुरिजम एरिया(ग्रिनरी बिशेष एरिया)घोषणा गरी यस क्षेत्रका बासिन्दाको आय आर्जन र जिबिकोपार्जनलाई बढवा दिने गरी बिशेष योजना लागु गरियोस ।
११. टोलभित्र रहेका खाली जमिनहरुको उत्पादनमुलक उपयोगको निम्ति महानगरले जग्गाधनी संग समन्वय गरी सस्तो दरमा कम्तिमा १५ बर्ष लिजमा दिने ब्यबस्था मिलाउन बिशेष पहल गरियोस ।
सकारात्क प्रतिक्रिया र सहयोगको निम्ति बिशेष धन्यबाद सहित
उत्तम श्रेष्ठ
संयोजक
भरतपुर महानगर ल्याण्डफिल्डसाईट पिडीत संर्घष समिती
भरतपुर ३, नारायणी दोभान, चितवन
बोधार्थ : श्री नारायणी दोभान टोलबिकास सस्ँथा, भरतपुर ३, चितवन
श्री ३ नं.वडा कार्यालय,नगरबनमार्ग भरतपुर महानगरपालिका, चितवन
श्री जिल्ला समन्वय समिती चितवनको कार्यालय, भरतपुर, चितवन