आइलाग्नेमाथी ‘जाइनलाग्ने’ मित्रराष्ट्र् चिनको प्रतिरक्षात्मक सैन्य रणनीति
लेफ्टिनेन्ट जनरल ही लेई
चिनियाँ जनमुक्ति सेना (पिएलए) स्थापनाको ९२ औं वार्षिकोत्सव, अगस्त १ को अवसरमा ‘नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षा’ शीर्षकमा एक श्वेत पत्र जारी गर्दै चीनले आफ्नो सुरक्षा नीतिको व्याख्या गरेको छ । यो श्वेतपत्र यस अर्थमा पनि महत्वपूर्ण छ कि यसले चीनको प्रतिरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय समुदायको बुझाइलाई सुधार्न सहयोग गर्छ र चीनको कथित ‘धम्कीको सिद्धान्त’लाई इन्कार गर्छ ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएदेखि नै चीनले प्रतिरक्षात्मक प्रकृतिको सुरक्षा नीतिलाई पालना गर्दै आएको छ । अहिलेको समयमा चीनको सार्वभौमसत्ता, सुरक्षा र विकाससम्बन्धी चासोहरुलाई सुरक्षित गर्नु यसको सुरक्षा नीतिको आधारभूत लक्ष्य रहँदै आएको छ । यो नीतिले अरुमाथि प्रभुत्ववाद, विस्तारवाद नलाद्ने र अरुमाथि आफनो दबाब नथोपर्ने लक्ष्य राख्दछ ।
चीनको रक्षा क्षमताको विकास चीनको राष्ट्रिय सुरक्षाको वैधानिक आवश्यकताहरुमा आधारित रहेको छ । सैन्य शक्ति बलियो बनाएपछि प्रभुत्व लाद्ने खोज्ने पश्चिमा मुलुकहरुको अनुशरण चीनले गर्दैन । बरु त्यसको बदलामा, बेजिङ प्रतिरक्षा र आर्थिक विकासको संयोजन गर्दै शान्तिपूर्ण विकासमा जोड दिन्छ । जनसेना बलियो हुँदै आएपनि चीन अन्य देशहरुका लागि कहिल्यै पनि खतरा बन्ने छैन ।
सैन्य शक्ति बलियो बनाएपछि प्रभुत्व लाद्ने खोज्ने पश्चिमा मुलुकहरुको अनुशरण चीनले गर्दैन । बरु त्यसको बदलामा, बेजिङ प्रतिरक्षा र आर्थिक विकासको संयोजन गर्दै शान्तिपूर्ण विकासमा जोड दिन्छ । जनसेना बलियो हुँदै आएपनि चीन अन्य देशहरुका लागि कहिल्यै पनि खतरा बन्ने छैन ।
चीनको आधारभूत सैन्य रणनीति प्रतिरक्षामा र ‘हामीलाई आक्रमण नगरेसम्म हामी आक्रमण गर्दैनौं, तर, आक्रमण भएमा अवश्य प्रत्याक्रमण गर्नेछौं’ भन्ने सिद्धान्तकोसक्रिय प्रतिरक्षामा आधारित हुनेछ । यसले युद्धमा सहभागी हुने र विजयी हुने दुवै कुरामा जोड दिन्छ र क्रियात्मक एवं रणनीतिक तहमा नै रणनीतिक प्रतिरक्षा र प्रत्याक्रमणको संयोजनमा बल दिन्छ ।
यो चीनको समाजवादी आधुनिकीकरणका लागि सशक्त राष्ट्रिय सुरक्षा र बलियो सैन्य शक्ति बनाउने रणनीतिक लक्ष्य हो, जुन चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठाअनुरुप हुनेछ र जसले राष्ट्रिय सुरक्षा एवं विकासलाई सुनिश्चित गर्छ ।
त्यसमाथि थप, चीनको सुरक्षा नीतिले मानवजातिको साझेदारीसहितको भविष्य निर्माणमा पनि योगदान गर्छ ।
राष्ट्रपति सि चिनफिङले पक्षपोषण गर्नुभएको अवधारणालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको र मान्यता दिएको छ, जसले चीनको राष्ट्रिय सुरक्षा निर्माणलाई अन्तर्राष्ट्रिय महत्व प्रदान गर्छ र चिनियाँ सशस्त्र शक्तिको विकास र प्रयोगको आवश्यकतालाई समयको विशिष्ट महत्वसहित बढावा दिन्छ ।
राष्ट्रपति सि चिनफिङले पक्षपोषण गर्नुभएको अवधारणालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको र मान्यता दिएको छ, जसले चीनको राष्ट्रिय सुरक्षा निर्माणलाई अन्तर्राष्ट्रिय महत्व प्रदान गर्छ र चिनियाँ सशस्त्र शक्तिको विकास र प्रयोगको आवश्यकतालाई समयको विशिष्ट महत्वसहित बढावा दिन्छ ।
प्रतिरक्षात्मक सैन्य रणनीति पन्छाउनै नसकिने छनौट हो, जुन चीनको इतिहास, वास्तविकता, आन्तरिक घटनाक्रमहरु, कुटनीति र प्रतिरक्षाका उद्देश्यहरुमा आधारित छ ।
समाजवादी राष्ट्रको रुपमा चीन पराराष्ट्र र सुरक्षा नीतिमा साम्राज्यवादी र प्रभुत्ववादी योजना राख्ने राष्ट्रहरुभन्दा आधारभूत रुपमै भिन्न छ । शान्तिपूर्ण विकासको बाटो चीनको लागि रणनीतिक छनौट हो । मुलुकको आधुनिकीकरणका लागि सुरक्षित र स्थीर वातावरण आवश्यक छ ।
सन् १९४९ भन्दा झन्डै ११० पहिले चीनमा पश्चिमा देशहरुले अतिक्रमण गरेको थियो, जसले गर्दा चीनले कस्तो रक्षा नीति अपाउनुपर्छ भन्ने कुरालाई दर्शाउने गरी डोर्यायो । कठिनतापूर्वक हासिल गरेको शान्तिलाई चिनियाँ जनताले सहर्ष अपनायो र समृद्ध एवं स्थीर जीवनको कामना गर्यो, र यसअर्थमा चीन अन्य राष्ट्रहरुलाई आफूले भोगेको कष्टकर जीवन भोग्न लाउने छैन र अरु कुनै राष्ट्रहरुलाई पनि आफ्नो जनतालाई दुःख दिन र आक्रमण गर्न दिनेछैन ।
चीनको रक्षात्मक सैन्य नीति कानूनमा संरक्षित मात्र छैन, व्यवहारमै पनि अभ्यास गरिएको छ । चीनले कहिल्यै पनि सक्रिय रुपमा युद्ध र सशस्त्र द्वन्द्वहरुलाई भड्काएको छैन । चीनको सैन्य शक्ति बलियो भएको छ तर यो देशले कहिल्यै पनि अरु देशको अधिकार क्षेत्रको जमिन कब्जा गरेको छैन । मुलुकको सार्वभौमसत्ता, स्वार्थहरु र जनताको सुरक्षा सवालहरुलाई शान्तिपूर्ण उपायहरुबाट रक्षा गर्न नसक्ने अवस्थामा मात्रै चीन र यसका छिमेकी देशहरुबीचको औंलामा गन्न सकिने सैन्य द्वन्द्वहरुमा मात्र रक्षात्मक प्रत्याक्रमण गरिएको छ ।
चीनले कहिल्यै पनि सक्रिय रुपमा युद्ध र सशस्त्र द्वन्द्वहरुलाई भड्काएको छैन । चीनको सैन्य शक्ति बलियो भएको छ तर यो देशले कहिल्यै पनि अरु देशको अधिकार क्षेत्रको जमिन कब्जा गरेको छैन । मुलुकको सार्वभौमसत्ता, स्वार्थहरु र जनताको सुरक्षा सवालहरुलाई शान्तिपूर्ण उपायहरुबाट रक्षा गर्न नसक्ने अवस्थामा मात्रै चीन र यसका छिमेकी देशहरुबीचको औंलामा गन्न सकिने सैन्य द्वन्द्वहरुमा मात्र रक्षात्मक प्रत्याक्रमण गरिएको छ ।
धेरै देशहरुसँग सीमा जोडिएका मुलुकको नाताले, सीमासम्बन्धी र सामुद्रिक विवादहरुलाई वार्ताको माध्यमबाट नै हल गर्नुपर्छ भन्ने कुरामा चीन दृढतापूर्वक विश्वास गर्छ । त्यसैअनुसार, आफ्ना १४ मध्ये १२ वटा जमीन जोडिएका छिमेकीहरुसँग सीमा विवाद समाधान गरेको छ र सामुद्रिक सीमासम्बन्धी सवालमा पनि सम्बन्धित छिमेकी देशहरुसँग पनि सहमतिमा पुगेको छ ।
यसैबीच, विश्व शान्तिको सुरक्षा र विकासको लागि चीनले सक्रिय रुपमा आफ्ना जिम्मेवारी र दायित्वहरु पूरा गरेको छ, जसमा मुलुकको आफ्नै सुरक्षासवाल पनि जोडिएको छ । जनमुक्ति सेनाले नयाँ युगमा सक्रिय रुपमा अन्तर्राष्ट्रिय सैन्य सहयोगलाई बढावा दिएको छ, अनि दीगो शान्ति र विश्वव्यापी सुरक्षासहितको विश्व निर्माणका लागि योगदान गर्न आतुर छ । डिसेम्बर २०१८ सम्ममा, चीनले राष्ट्रसंघको २४ वटा शान्ति अभियानमा सहभागी हुन करिब ४० हजार सेनाहरु सिपाहीहरु पठाइसकेको छन्, जसमा १३ जना चिनियाँ सिपाहीहरुले आफ्नो जीवन नै गुमाए ।
समृद्धि, सुरक्षा र स्थीरता खोजिरहेका जनताका लागि शान्ति र विकास अहिले पनि समयको मुख्य माग हो । चीनको सुरक्षा नीतिले यो प्रवृत्तिलाई पछ्याउनेछ । चीनको आफ्नै राष्ट्रिय र सैन्य अवस्थाको आधारमा, राष्ट्रिय सुरक्षालाई बलियो बनाउन दृढतापूर्वक लाग्दै मुलकले विश्वस्तरीय सैन्य बनाउनेछ, जसले मानवताका लागि भविष्य साझेदारी गरिएको समुदाय स्थापनाको लागि योगदान गर्नेछ ।
ग्लोबल टाइम्समा प्रकाशित लेफ्टिनेन्ट जनरल ही लेईको विचारको नेपाली अनुवाद । लेखक जनमुक्ति सेनाको एकेडेमी आफ मिलिटरी साइन्स, बेइजिङका मुख्य विशेषज्ञ तथा रिसर्च फेलो हुन् ।