अबैध कारोबारी र ठगी धन्दा नियन्त्रण गर ।
जिल्लामा बिभिन्न नाममा ठगी गर्नेहरुको जमात सलबलाईरहेको भएपनि उनीहरुमाथी कार्बाही हुन नसक्दा आम सर्बसाधरण ठगीईरहेका छन् । आम सर्बसाधरणलाई बिभिन्न प्रलोभन दिदैं अथवा दुखमा साथ दिएको झैं गरी ठगी गर्नेहरुले उल्टैं प्रहरी प्रशासनमा आफुहरुको बोलवाला रहेकोले थुनाईदिन्छु भन्दै मनोबैज्ञानिक रुपमा समेत सर्बसाधरणलाई त्रसित बनाई ठगी गरिरहेका छन् । जिल्लामा बिशेष गरी मिटरब्याजीहरुले आम सर्बसाधरणलाई ठगी गरिरहेका छन् । उनीहरुले सर्बसाधरणलाई निरन्तर धम्क्याउदै ठगीरहेको भएपनि प्रहरी प्रशासनले त्यस्ता ठग र मिटरब्याजीलाई अहिलेसम्म कुनै कार्बाही गर्ने ईच्छा नै देखाएको छैन् । त्यस्तै चितवनको ब्यापारिक केन्द्र नारायणगढ, भरतपुर र आसपासको क्षेत्रमा अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन फस्टाउदै गईरहेको छ । प्रहरी प्रशासन नजिक रही ठुला बडाहरुसँग सेल्फी लिई फोटोको दुरुपयोग गर्नेदेखि र आफुलाई स्वघोषित समाजसेवी र बरिष्ठ ब्यबसायी भन्नेहरुदेखि अधिकांश महिलाहरु यो अबैध धन्दामा सामेल रहेको देखिन्छ । यस्ता अबैध ढुकुटी र मिटरब्याज सञ्चालकहरुले प्रहरी, प्रशासन, र कतिपय सरकारी ओहोदाका मान्छेहरुलाई समेत आफ्नो प्रभावमा पारी प्रयोग गर्ने गरेको कारणले गर्दा सोझा सिधा आम सर्बसाधरणहरुलाई प्रहरी डर देखाउदै तमसुकमा जबरजस्ती सहिछाप गर्नुका साथै चेक दिन समेत बाध्य पारिएको देखिन्छ ।
ढुकुटी र मिटरब्याजीहरुले आफुहरुलाई जर्बजस्ती गरी चेक लिएको, प्रहरी हिरासतमै राखी जर्बजस्ती तमसुक गराएको र कुटपिट समेत गरेको घटना उल्लेख गर्दै एक दर्जन पिडीतहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको पनि महिनादिन कटिसक्यो तर ग्रैंहकानुनी कार्य गर्नेहरुलाई हिरासतमा लिई आवश्यक कार्बाही गर्नुपर्नेमा चितवन प्रहरीले अहिलेसम्म त्यस्ता ग्रैंहकानुनी कार्य गर्नेहरुलाई केही कार्बाही गर्न सकेको छैन् । चितवनमा दर्जनौंको सख्यामा रहेका अबैध ढुकुटी र पेशेवर मिटरब्याजीहरुले निर्वादरुपमा आफनो कालोधन्दा सञ्चालन गरिरहेका छन् । यो कस्को बलमा कसरी गरिरहेका छन् ? यसबारे खोजी गरी निरन्तर आवाज उठाउन आवश्यक देखिन्छ । दुईतिहाईको कम्युनिष्ट सरकारमा पनि यस किसिमका ठगीहरु नियन्त्रण हुनुको सट्टा बढदै जानु भनेको राम्रो होईन । यस खालको अबैध धन्दा र ठगीलाई नियन्त्रण गर्न किन के कारणले प्रहरी प्रशासन नतमस्तक छ । मौन छ । मुकर्दशक छ यो थप गम्भिर बिषय हो हामी भन्छौ जनताको तर्फबाट अबैध कारोबारी र ठगी धन्दा गर्ने यस्ता तत्वहरुको कालो कर्तुतहरुमाथी तत्काल प्रतिबन्ध लगाउ । अन्यथा भोली जनता आजित भई स्वंय बिद्रोहमा उठेमा या जनताको शक्तिले जनकार्बाही गरेमा कानुनको दुहाई दिन नआउ । सँस्थागत रुपमा बर्षौबाट गैह्रकानुनी ठगी धन्दा गर्नेहरुलाई कार्बाही गर्न ढिलाई हुँदा निम्तीन सक्ने परिणाम बारे सोच । बिचार गर र तत्काल कार्बाही गर ।