चितवनमा अझै रोकिएन अबैध मिटरब्याज र ढुकुटीको धन्दा ?
हुण्डी र जुवाखाल पनि उस्तै , प्रहरी प्रशासन बेखबर की मुकर्दशक ?
चितवन । चितवनमा अबैध मिटरब्याज र ढुकुटीको अबैध धन्दा एकपछी अर्को रुपमा मौलाउदैं गएपनि सरोकारवाला सम्बन्धित निकाय प्रहरी प्रशासनले पेशेबर अबैध कारोबारीहरुलाई अहिलेसम्म कुनै कार्बाही गर्न सकेको छैन् । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुर महानगर क्षेत्र र पुर्बी चितवनको टाँडी, खोलेसिमल, पर्सा लगाएतका बजार क्षेत्रमा अबैध मिटरब्याज र अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन फस्टाउदै गईरहेको भएपनि प्रहरी प्रशासन मुकर्दशक बनि बसिरहेका छन् । समाजमा ब्याप्त यस्ता ग्रैहकानुनी कार्य गर्नेहरुलाई कार्बाही गर्नुको सट्टा उनीहरुलाई नै प्रोत्साहन मिल्नेगरी उल्टै प्रहरीले मिटरब्याजी र ढुकुटी सञ्चालकहरुको रकम उठाइदिन पिडीतहरुलाई ताकेता गर्ने, प्रहरी कार्यालय भित्र अघोषित बन्दक जस्तै बनाई राखी मानसिक दबाब दिने लगाएतको कार्य गरेको पिडीतहरुले बताएका छन् ।
आफ्नो नाम नबताउने शर्तमा एक पिडीतले भनिन मैले तिरीसकेको रकमको प्रहरी कार्यालमा राखी दबाब दिई चेक बनाउन लगाए ।ति पिडीत महिलाका अनुसार ढुकुटी र मिटरब्याजमा कुख्याती कमाएकी जुलु गुरुगंले प्रहरी कार्यालयमा राखी प्रहरीलाई दबाब दिन लगाई आँफुबाट जर्बजस्ती चेक बनाएको उनको गुनासो छ । त्यस्तै कृष्णपुरका अर्का एक पिडीतले भने शुरुमा जानएिन ढुकुटी मिटर ब्याज गर्दै लाखौं रकम खाईदिए अब घर बेच्ने तयारीमा छु सडकको बास हुने भईयो । उनले अगाडी थपे शुरुमा रकम दिई सहयोग गरेको झै गर्ने ढुकुटी एवं मिटरब्याजीहरुको फन्दामा परेर लुटिनेहरु दिनप्रतिदिन बढिरहेपनि प्रहरी प्रशासनले उनीहरुलाई छुन नसकेको देख्दा देशमा कानुनी राज र सरकार नभएको आभास भएको दुःखेसो सुनाए ।
अर्का पिडीतले भने प्रहरी प्रशासनले आफुहरुलाई केही गर्न नसक्ने भन्दै मिटरब्याजीहरुले जर्बजस्ती चेक लिने र नदिए गुण्डा लगाउने गरेको गुनासो पोखे । जिल्लामा २ दर्जन भन्दा बढी ब्यक्तिले अबैध ढुकुटी र मिटरब्याजलाई नै पेशा बनाई केही कर्मचारी र गुण्डाहरुलाई समेत परिचालन गरी अबैध असुली गरिरहेका छन् । यसरी अबैध ढुकुटी र मिटरब्याज सञ्चालकहरुको अबैध कारोबारमाथी लगाम लगाउन नसक्दा समाजमा दिनप्रतिदिन ग्रैंहकानुनी कार्य गर्नेहरुको मनोबल उच्च बन्दैं गएको छ भने सिधा सादा आम सर्बसाधरणहरु प्रताडीत बनि चरम शोषणको चपेटामा फस्न बाध्य भएका छन् ।
जिल्लामा मिटरब्याजको धन्दा गर्नेहरुमा भरतपुर २ की जुलु गुरुगं, क्षेत्रपुरकी रेणु मुल्मी श्रेष्ठ, लक्ष्मी अर्याल, भरतपुरका यम बहादुर गुरुगं, भरतपुरकै भरत कुँबर, राकेशमान श्रेष्ठ, सुनिता गुरुगं लगाएतका रहेका छन् । उनीहरुले अबैध रुपमा आर्थिक लगानी गर्ने त्यस्को सयकडा रु ३० सम्म ब्याज लिने कार्य गरिरहेको भएपनि उनीहरुलाई कार्बाही नहुँदा कानुनी राजकै उपहास भएको छ । सकेसम्म गुण्डा लगाएर धाक धम्की दिई आफै खाली चेक लिने, नसके प्रहरीका अमुक पात्रलाई लोभ लालचको तुरुप फ्याकी प्रभावित बनाई प्रहरकिो आडमा अबैध असुली गर्ने, त्यसो पनि गर्न नसकेमा रकम लगानी गर्नु अगाडी नै लिईएका खाली चेक र गराईएका तमसुकको आधारमा मुधा दर्ता गराई अदालतको आडमा पिडीहरुको उठीबास नै लगाउन अबैध कारोबारीहरु सक्रिय रहेको देखिन्छ ।
यस्ता अबैध कारोबारी गर्नेहरुसँग सयौं ब्यक्तिको खाली चेक रहेको हुन्छ । उनीहरुले अबैध कारोबार गरी अकुत सम्पति थुपारिरहेपनि सम्पति सुद्धिकरण, राजस्व कार्यालयले समेत उनीहरुलाई अहिलेसम्म छोएको पाईदैन् । प्रहरीले स्रोत नखुलेका चेकहरुलाई चेक बाउन्सको नाममा मिटरब्याजी धन्दा मौंलाउने गरी गलत कार्य रोक्न सचेत हुनुपर्ने देखिएपनि उनीहरुलाई नै सहयोग गरिरहेको पिडीतहरुको गुनासो छ । प्रहरीले त्यस्ता चेकहरुको श्रोत खुलाउन र आवश्यक परेमा त्यस्ता अबैध कारोबारीहरुलाई अनुसन्धान गरी उनीहरुको अबैध एवं अकुत सम्पतिलाई सम्पत्ति शुद्धीकरण मुद्दाअन्तर्गत कारबाही अघि बढाउन सक्नुपर्दछ ।’
बैंकिंग कारोबार जस्तै तर अबैध यस्ता आर्थिक कारोबारले राष्ट्रलाई नोक्शान मात्र पु¥याउछ । अर्कोतिर यस्तो कालो कारोबारले आम सर्बसाधरण ठगीने मात्र होईनन् उनीहरुको घर उजाडीने र मर्न सम्म बिबस भईरहेका छन् । अत्ः कानुन कार्यन्वयन गर्ने राज्यको निकाय प्रहरी प्रशासन र स्थानिय सरकार एवं गृहप्रशासनले समेत यस बिषयमा गम्भिरता अपनाउनुपर्ने देखिन्छ ।
अबैध कारोबारीलाई कार्बाही : एसपी मल्ल
यसैबिच चितवनका एसपी दान बहादुर मल्लले अबैध ढुकुटी र अबैध मिटरब्याजी कारोबार गर्नेहरुलाई आवश्यक कार्बाही गर्ने बताए । भण्डाफोर सँग कुरा गर्दै एसपी मल्लले अबैध कारोबारीहरु बारे अनुसन्धान भईरहेको छ, उनीहरुलाई आवश्यक कार्बाही गरिछाड्ने बताए । मिटरब्याज लगाउने र अबैध ढुकुटी सञ्चालक(घोप्पा)हरुलाई उजुरीको आधारमा कार्बाही गर्दै जाने एसपी मल्लले जानकारी दिए ।
हुण्डी र जुवाखाल पनि उस्तै
जिल्लामा अबैध हुण्डीको ब्यापक काराबार भईरहेको खुल्नमा आएको छ । सट्टेबाजीमा पक्राउ परेका मुकेश शाह, बेलचोकका अर्का राम भन्ने ब्यक्ति र नारायणगढकै अर्का एक श्रेष्ठ थरका ब्यक्तिहरुले समेत अबैध हुण्डीको कारोबार गरिरहेको खुल्नमा आएको छ । मुकेश शाह पक्राउ परेपछी राम र श्रेष्ठ भने फरार रहेको श्रोतको दाबी छ । श्रोतका अनुसार लामो समय रोकिएको जुवाखाल चितवनमा पुनंः सञ्चालनमा आएको बुझिएको छ । जुवाडेहरुको चलखेल बढेको पाईएपनि चितवन प्रहरी भने यस बिषयमा बेखबर हो की मुकर्दशक त्यो पर्दा बिस्तारै खुल्दै जाने छ ।