भ्रष्टचार छैन नभन,रोक्न लाग ।

  गत् हप्ता एक जना पश्चिम नेपालका युवा जो भारतीय प्रशासनतन्त्रसँग नजिक रहेका छन्, हो तिनै ज्ञानेन्द्र शाही नामको प्रायोजित पात्रले चितवनको भरतपुरको चौंबिसकोठीको चौतारोमा जम्मा गराईएका केही दर्जन मान्छेको बिचमा चितवनका स्थानिय निकायमा चरम भष्ट्राचार रहेको बेलिबिस्तार सुनाएर गएछन् । उनको भित्री उध्येश्यमा सहमत हुन नसकिएला तर उनले भनेको कुरा कट्टु सत्य हो । चितवनमा ब्यापक मात्रमा भ्रष्टाचार छ । चितवनको मात्र के कुरा देश नै भष्ट्राचारमा चुर्लुम्म ढुबेको छ भन्दा फरक नपर्ला कि कसो ?
दुनियाँलाई थाहा छ, नेपाल भ्रष्ट मुलुकहरुको सुचिमा सबैभन्दा अगाडी छ । यो बिभिन्न अध्ययन र तथ्याङ्कले समेत देखाईरहेको छ । त्यस्को प्रत्यक्ष भुक्तभोगी स्वंय तपाई हामी आम नेपाली जिउँदो छौं । नेपालमा भ्रष्टाचार हालसालै मात्रै भने भएको होईन यहाँ बर्षौं पहिलादेखि खुलमखुल्ला भ्रष्टचार मौलाईरहेको छ । देशमा भ्रष्टाचार यत्र, तत्र सर्बत्र छ । थर्मोमिटरको पारो बढे झैं नेपालमा भ्रष्टचारको पारो दिनप्रतिदिन बढिरहेकै छ । यो नरोकिनु हामी नेपालीको लागी सबैभन्दा पिडादायी र र्दुभाग्यपूर्ण छ । यसै सन्र्दभमा शाहीले बोलेको बिषयमा चितवनका स्थानीय सरकारहरुले जिल्लामा कुनै भ्रष्टाचार नै छैन भनि चुनौति नै दिन भ्याएछन् । चितवनका ७ वटै तहका स्थानिय सरकारले एकै स्वरमा चितवनमा भ्रष्टाचार नरहेको भन्दै स्थानिय तहमा भईरहेको ब्यापक भ्रष्टाचारलाई ढाकक्षेप गर्ने कार्य गरेको प्रष्ट बुझिन्छ । हुन सक्छ जनप्रतिनीधीहरु आफै भ्रष्टाचारमा सम्लग्न नहुन सक्छन् । तर कर्मचारीतन्त्र पुरै भ्रष्टाचारमा लिप्त छ । जस्को भुक्तभोगी ति ठाँउहरुमा काम लिएर जाने स्थानिय बासिन्दा स्वंय प्रमाण छन् । अर्कोतिर कतिपय चम्चेहरु यस्तो धन्धामा ज्यान फालेर लागेको दिनको घाम जत्तिकै छर्लङ्ग छ । खोलाका ठेक्का देखि अषाढे बिकासका पिच सडक निर्माणमा को कस्ले कहाँ कसरी असुली गरिरहेका छन् भन्नुनपर्ला, उनीहरुले आफ्नो आत्मालाई सोधे पुग्छ । चुनाबको खर्च उठाउन भन्दै लाग्नेहरुलाई आगामी चुनाबमा जनताले नै देखाईदिने छन् । सरकारको हैसियतमा रहेका स्थानिय तह भित्र कहाँ कहाँ भ्रष्टाचार प्रमुखहरुलाई थाहा होला नहोला तर पक्कै छ, जुन यर्थाथ हो । जिल्लाको कुनै निकायमा केही काम गर्न जाँदा के सम्म गर्नुपर्छ त्यो त् गर्ने र गराउनेलाई मात्र थाहा हुन्छ । महानगर र नगरपालिकाहरुमा बिगतदेखि भ्रष्टाचार एक पछी अर्को रुपमा मौलाउदो छ । मेयर साब ज्यूहरु भ्रष्टाचार छैन नभनौं बरु भ्रष्टाचार नियन्त्रण गर्छु भन्नुस । जनताले त् पत्याउने कुरै भएन कम्तिमा आफ्नै कार्यकर्ताले पत्याउने कुरा गरौं ।
यर्सथ, बरु जिल्लामा ब्याप्त भ्रष्टाचार नियन्त्रणको लागी एउटा अभियान छेडौं । घुस्याहा, कमिशनखोर जनप्रतिनिधी र कर्मचारीहरुलाई नङ्गयाउन हातेमालो गर्दै अघि बढौं । तर भ्रष्टाचार छदैं छैन भन्दा दिनलाई रात पारे जस्तै हुन्छ हाम्रो नेपालमा । अत्ः भ्रष्टचार छैन नभन,रोक्न लाग ।

sahid diwas