चितवनबाट बादल समूहलाई पाखा लाउने प्रचण्ड पक्षको संकेत
नेकपाका जिल्ला सदस्यहरुलाई भोलि सपथ खुवाउने अन्तिम तयारी
आइतवार । पछिल्लो चरण केन्द्रमा प्रधानमन्त्री केपि शर्मा ओलिले पुष्पकमल दाहाल प्रचण्डलाई एक पछी अर्को रुपमा पेल्दैं गएको र त्यसका लागि रामबहादुर थापा बादलले सचिवालय बैठकमा ओलिलाई नै साथ दिएको बुझेका प्रचण्डले त्यस्को बदला लिन आफ्ना मातहतका चितवनका कार्यकर्ताहरुलाई स्पष्ट निर्देशन दिएका बुझिएको छ । पूर्व शिक्षामन्त्री धनिराम पौडेलको मलामी जान चितवन आउने क्रममा पार्टी नेता तथा गृहमन्त्री बादलसँग चितवनका अन्य कार्यकर्ताहरु माझ नै भेट गरेका प्रचण्डले चितवन जिल्लाको जिल्ला कमिटीको विवाद टुंगाउन कुनै कुरा नगरेको बादल समूहको आरोप छ । यधपी गत स्थानिय निर्वाचनदेखि छुट्टा छुट्टै समूह चलाएर बसेका चितवनका पूर्व एमाओवादीका नेताहरु भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र पार्टीका प्रदेश संयोजक भाई नारायण दाहाललाई एक ठाउँमा ल्याएर चितवनमा बादल समूहलाई पाखा लगाएर चाडो भन्दा चाडो जिल्ला समिति टुंगाउन निर्देशन दिएका छन् ।
एमालेसँग एकिकरण पूर्व चितवनमा प्रचण्ड बादल समूहकै भरमा चितवनमा चुनाव लडेका थिए । महानगरको मेयरको चुनावमा खुल्लमखुल्ला भतिजि रेनु दाहाललाई
हराउन हिडेँको भनि तत्कालिन रुपमा प्रचारित नारायण दाहाल नै आफ्नो चुनाव प्रचार प्रसार समिति संयोजक हुने निर्णय माओवादी चितवनले गरेपछि तर्सिएका प्रचण्डले तत्काल रामबहादुर थापा बादलसँग परामर्श गरेर नारायण दाहाललाई हटाएर सुर्यप्रकाश सुवेदीलाई प्रचार प्रसार संयोजक बनाएका थिए । मेयर रेनु दाहालको चुनावताका व्यापारीहरुसँग पैसा उठाउने तर त्यो पार्टीमा नबुझाएर आफैँ राखेका भन्दै पार्टीभित्र निकै आलोचित भएका नारायण दाहालले आफ्नो चुनावमा पनि त्यसै गर्ने डरले प्रचण्डले तत्कालिन अवस्थामा उनलाई आफ्नो चुनावि संयोजकबाट हटाएका थिए । तर पछि प्रदेश संयोजक बनाउँदा खेरि सूर्य सुवेदि नरोजि प्रचण्डले आफ्नै रगतको नातो खोजेको चर्चा अझै नेकपामा अझै सेलाएको छैन् । उनै नारायण दाहाल र छोरी रेनु दाहालका दुई अलग अलग गुटलाई एक बनाएर अहिले भने प्रचण्ड गुटले चितवनमा बादललाई बर्ढाने खेलमा लागेको नेकपाका पुर्ब माओबादी बृतमा अहिले निकै चर्चाको बिषय बनेको छ ।
तत्कालिन अवस्थामा एमाओवादी र बादल नेतृत्वको क्रान्तिकारी माओवादीको एकिकरण हुँदा चितवनमा झण्डै बराबरको संख्यामा दुबै समूहको जिल्ला कमिटि गठन भएको थियो ।
तर एमालेसँग एकिकरण भएसँगै प्रचण्डले बादललाई चितवनबाट पन्छाउन निकै प्रयत्न गरेका थिए । अघिल्लो चुनावमा बादल पनि चितवनबाट चुनाव लड्न आकांक्षि थिए तर अध्यक्षको रुपमा पहिले प्रचण्डको घोषणा भइसकेका कारण बादललाई अन्य जिल्लाबाट उठ्न उनले निकै दबाब दिएका थिए तर बादलले चितवनबाट नै उठ्ने नभए हाल चुनावमा नउठ्ने बताएकाले सो समय देखिन् नै दुइ नेताबिच सम्बन्ध थोरै चिसिएको जानकारहरु बँताउछन् । २०६४ सालको चुनावमा बादल क्षेत्र नं २ बाट उठेका थिए र प्रचण्ड क्षेत्र नं ३ बाट उठ्दै गर्दा बादल पनि क्षेत्र नं २ बाट उठ्ने हल्ला थियो । तर चितवनमा नै बादल जमेर राजनिति गरेमा दिर्घकालिन रुपमा प्रचण्डले आफु र आफनो पक्षलाई अप्ठ्यारो हुने भएकाले प्रचण्ड कै आग्रहमा माधवकुमार नेपालले सो बेला कृष्णभक्त पोख्रेलर्लाइ अगाडि सारेको बुझिन्छ । सो बेला देखिन ्चिसिएको प्रचण्ड बादल सम्बन्ध हाल चितवन जिल्ला कमिटि बनाउने बेला छताछुल्ल भएको देखिन्छ ।
जनयुद्धकाल भर संगठन विभाग प्रमुख रहेका बादलको देशै भर पूर्व माओवादीमा राम्रो पकड रहेको बुझिन्छ तर एमालेसँग एकिकरण हुँदै गर्दा बादललाई चितवन आउन एक किसिमले प्रचण्ड समूहले प्रतिवन्द्ध नै लगायो र बादल आएका कार्यक्रममा गएका आफ्ना कार्यकर्ताहरुलाई केराकार गर्न एउटा जिल्ला नेताहरुको समूह नै खडा ग¥यो । त्यसको नेतृत्व नारायण दाहालका विश्वास पात्र घनश्याम दाहाल अविनाश र रेनु दाहलको विश्वास पात्र यमबहादुर परियारले लिएको नेकपाका एक जिल्ला नेता निकट श्रोतले बताए । श्रोतका अनुसार पछि बादल गृहमन्त्री नै भए पछि त्यो समस्या केहीँ कम भएको हो । तर एमालेसँग एकिकरण हुँदै गर्दा १५५ सदस्यिय जिल्ला समितिमा ७५ सिट पूर्व माओवादी खुम्चिएको छ र सो ७५ सदस्यमा रेनु दाहाल र नारायण दाहालको गुटका मान्छेहरु बिच नै तानातान भए सँगै पूर्व बादल समूहका सदस्यहरुलाई पाखा लगाउने षडयन्त्र भएको नेकपाको जिल्ला श्रोत बताउँछ ।
पूर्व एमालेमा निर्वाचित कमिटि नै आउने भएपछि खासै समस्या नभएको तर पूर्व माओवादीमा गुट र त्यस भित्रका उपगुट पनि सक्रिय भएकाले अन्य जिल्लामा टुंगिसके पनि चितवनमा समस्याको रुपमा रहेकाले प्रचण्ड नै सकृय भएर यसलाई टुंगाउन लागेको बुझिन्छ । उनकै सकृयतामा नारायण दाहाल र रेनु दाहालको छुट्टा छुट्टै समूह एक ठाउँमा आएर छलफल गर्ने माहोल बनेको बुझिन्छ । तर आफूलाई पाखा लगाउन दुइवटा गुट एक ठाउँमा आए पछि विवादलाई ठुलो नबनाउन आग्रहगर्दै ५० प्रतिशतबाट झरेर ३३ प्रतिशतको दावि गर्दै २५ जनाको नाम लिष्ट प्रदेश नं ३ को कार्यलयमा पूर्व बादल समूहको तर्फबाट नेतृ ज्ञानु बस्नेतले बुझाएको बताइन्छ । तर पछिल्लो चरण प्रचण्डले आधा कार्यकाल प्रधानमन्त्री पद मागेको कुरा ठट्टाको रुपमा प्रधानमन्त्रीले लिँदै १।२ दिनमा नै प्रचण्ड प्रधानमन्त्री हुने भनेर सार्वजनिक रुपमा नै ब्यङ्गय गरेसँगै रिसाएका प्रचण्ड सो पूर्व माओवादी समूहबाट बादलले ओलिलाई सहयोग गरेको भन्दै बादललाई चितवनमा सिद्धाइदिनुपर्ने आफ्ना विश्वासपात्रहरु माझ बताउने गरेको बुभिएको छ । अन्तिम नामको रुपमा बादल समूहले बुझाएको २५ जनामा ८ जनालाई मात्र सिमित गराई सो समूहलाई साँगठनिक रुपमै कम्जोर गर्न प्रचण्ड पक्ष ज्यान फालेर लागेको श्रोतको दाबी छ ।
त्यसै कारण चितवन पार्टी कमिटीलाई पूर्णता दिई हतार हतार भोलि प्रचण्ड आएर सपथ गराउने तयारी रहेको बुझिन्छ । सचिवालयका बैठकहरुमा अबको चुनावमा बादलले चितवन क्षेत्र नं ३ बाट नै उठ्ने इच्छा व्यक्त गरेकाले पनि प्रचण्डलाई झन औडाहा भएको बादल निकट श्रोतको दाबी छ । प्रचण्डलाई नेकाको समर्थनमा उठेका राप्रपाका नेता बिक्रम पाण्डेलाई जित्न हम्मे हम्मे परेको थियो भने बादलको क्षेत्र नं ३ मा हिजो देखिन् राम्रो पकड रहेको बताइन्छ । जनजातिहरु गुरुङ्ग, थारु र मगरको राम्रो बस्ति रहेको क्षेत्र नं ३ मा बादल जनयुद्ध घोषणा अघि देखिन् नै निकै लोकप्रिय रहेको बताइन्छ । आगामी चुनाबमा क्षेत्र नं. ३ मा बादल उठने संकेत मिलेकाले पनि बादल गुटलाई अहिलेबाटै पाखा लगाउन सकेमा प्रचण्डको एकछत्र राज चलाउन सकिने निष्कर्षमा नेकपा भित्रको प्रचण्ड गुट रहेकोले पनि जिल्ला कमिटीमा पेलेर जान बादल पक्षको आकार खुम्च्याउने षडयन्त्र भएको बादल पक्षको आरोप रहेको छ ।