फोरम र नयाँ शक्तिबीच एकता घोषणा (पूर्णपाठसहित)

काठमाडौं/उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा भएको छ । 

(आज) सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकताको घोषणा गरिएको थियो।

एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक भट्टराई र फोरमको तर्फबाट अध्यक्ष यादवले हस्ताक्षर गरेका छन् । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल खचाखच भरिएको थियो ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।

एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ ।
यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ ।