उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन
१८ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हावाहुरीबाट पिडितहरुलाई मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् ।
बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् ।
गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार उनले सबै सुरक्षा निकायलाई समन्वनात्मक रुपमा परिचालित हुन पनि निर्देशन दिएका छन् । ‘पार्टी कार्यकर्तालाई पनि उद्दारमा सक्रिय हुन उहाँले आह्वान गर्नु भएको छ’, भट्टराईले भने ।
थापाले बारा र पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको घटनाले दुःखी बनाएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्तसमेत गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।