विद्यालयमा खानेपानी व्यवस्थापन
१८ ,चैत /भरतपुर /शुद्ध पानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिका २९ स्थित राष्ट्रिय आधारभुत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ । जर्मन सहयोगी निकाय ख्ऋब् रध्ज्ज् को आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था आरआरएन द्धारा चितवन जिल्लामा सञ्चालित सिमान्तकृत समुदायमा खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजना मार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट १ लाख ५८ हजार ३सय २८ र समुदायको श्रमदान ४४हजार८सय गरि २ लाख ३ हजार १ सय २८ मा निमार्ण सम्पन्न गरिएको परियोजना जिल्ला संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।
बाल्टीनमा भरेर प्रशोधन नगरिएको पानी पिउन बाध्य बालबालिकाहरु हिलटेङक सहितको बालमैत्री धारा निमार्ण गरिएपछि खुसी भएका छन् । विद्यालयमा मात्र ६ वटा धारा बनाइएको छ । यसअघि शौचालय निमार्ण गरिएको थियो तर पानीको व्यवस्था गर्न नसक्दा विद्यार्थीहरु फोहोरमै शौच गर्न बाध्य थिए । विद्यालयका प्राधानाध्यपक सीता भुजेलका अनुसार संस्थाले खानेपानीमा सहयोग गरेपछि शुद्ध पानीका साथै सरसफाईमा चेतना पुगेको छ । कक्षा ३ सम्म पढाई हुने यस विद्यालयमा २६ जना बालबालिकाहरु अध्ययन गर्दछन् । यसबाट अन्य २२ घरधुरीसमेत लाभान्वित भएका छन् ।