प्रत्येक नेपालीको थाप्लोमा प्रति व्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ राष्ट्रिय ऋणको बोझ


चैत्र ३०, काठमाडौं । हरेक नेपालीको थाप्लोमा राष्ट्रिय ऋणको बोझ बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गत बर्षभन्दा सात हजारले बढी हो । महालेखाले शुक्रबार २०७५–७६ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५।२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७।२५ प्रतिशत वेरुजु देखिएको छ । त्यस्तै स्थानीय तहतर्फ ४।२२ र समिति तथा अन्य संस्था ४।०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ । नेपाल समाचारपत्रबाट ।